nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उद्योग मन्त्री यादवले भने : कसैले घूस मागे सीधै मकहाँ आउनुस्

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले मन्त्रालय मातहतका कर्मचारी कसैले कुनै पनि बहानामा काम नगरेको गुनासो सीधै आफूकहाँ ल्याउनसमेत आहृवान गरेका छन् । मन्त्री यादवले आफ्नो मन्त्रालयबाट प्रवाह हुने सेवा सुविधालाई व्यवस्थित र चुस्त बनाउने प्रतिवद्धता व्यक्त गर्दै यस्तो बताएका हुन् । 


सोमवार नेपाल घरेलु तथा साना उद्योग महासंघको २४ औं वाषिर्क साधारणसभामा बोल्दै मन्त्री यादवले जनताले पाउने सेवा सुविधा प्रवाहमा कमी आउन नदिने बताए । ‘हाम्रो मन्त्रालयमा तपाईलाई कुनै किसिमको बाधा अड्चन हुन्छ, कसैले पैसा माग्छ, सीधै मकहाँ आउनुस्,’ कार्यक्रममा बोल्दै उनले भने, ‘तर, भित्रभित्रै दिने काम नगर्नुहोला । 

जनतालाई केन्द्रमा राखेर आफूले काम गर्ने प्रतिवद्धता उनले जाहेर गरे । यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

‘कुनै कर्मचारीको बद्नियत र केही लिन खोजेका कारण केही काम अड्केको छ भने अब त्यसो हुँदैन,’ उनले भने । जनप्रतिनिधि र सरकारका कर्मचारीले आफूलाई मालिक ठान्ने अहम्भावले जनताले सास्ती पाएको उनको भनाइ थियो । भ्रष्टाचारलाई कुनै पनि शर्तमा नछाड्ने प्रतिवद्धता सरकारको रहेको उनले बताए । ‘अहिलेसम्मि जे (जे भएको छ आफैंले सुधारौं,’ उद्योगमन्त्री यादवले भने, ‘हिजो मन्त्रीले पनि पैसा लिन्थे, सबै निकायले पैसा लिन्थे, अरुले पनि लिन्थे, अब मात्रिकाले पैसा लिँदैन ।’

मन्त्री यादवले बधाई, शुभकामना र खादा लगाउन आउनेको भीडका कारण काम नै प्रभावित भएको उनले बताए । ‘अहिले समग्र दिन खादा लगाउँदैमा वितेको छ,’ उनले भने, ‘अहिले खादा लगाउन दिएन भन्छन्, भोलि काम गरेन भनेर विरोध गर्छन् ।’ असली रुपमा काम गर्नेलाई समाजमा बौलाहा भनिने गरेको भन्दै उनले भने, ‘पुरानो गलत चिज भत्काउँदा त्यसलाई बौलाहा भन्ने हो भने हामी सबै एकपटक बौलाउनुपर्छ,’ उनले भने । आफूसँग समृद्धिको स्पष्ट दृष्टिकोण रहेको उनको भनाइ थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)