nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगितामा चार टिमको अग्रता

मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत १० मंसीरमा भएको खेलमा चार टिम विजयी भएको छ । प्रतियोगितामा अंगारा युवा क्लब, पारिजात स्मृति, सिमभन्ज्याङ संयुक्त युवाक्लब, वृहस्पती युवाक्लब विजयी भएको हो । प्रतियोगितामा अंगारा युवा क्लबले ३–१ गोल अन्तरले दम्की युवा क्लबलाई पराजित गरेको थियो भने टुइनवान युवा क्लबलाई चित्लाङको पारिजात स्मृति पुस्तकालयले २–० गोलले पछि पारेको हो ।

त्यस्तै दामन सिमभञ्ज्याङ संयुक्त युवा क्लबले आग्रा युवा क्लब समूह ए लाई ४–० को गोल अन्तरले पराजित गरेको थियो भन वृहस्पती युवा क्लबले सिर्जनशील युवा क्लबलाई १–० गोलले पराजित गरेको गरेर आफ्नो स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जानकारी दिइएको छ ।

प्रतियोगिता नक आउटको आधारमा खेलाइएका हो । प्रतियोगितामा उत्तरी मकवानपुरका २१ टिमको सहभागिता रहेको आयोजक युवा तथा खेलकुद विकास समिति थाहा–८ का अध्यक्ष अनित विष्टले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)