nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

उत्तरी क्षेत्रमा प्रगतिशील, पाथीभरा र ऋषेश्वर ११ को अग्रता

मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत १३ मंसीरमा भएको खेलमा प्रगतिशील युवा क्लब, पाथीभरा युवा क्लब र ऋषेश्वर ११ ‘ए’ विजयी भएको छ । 

प्रतियोगिता अन्तर्गत प्रगतिशिल युवा क्लबले सिमभञ्ज्याङ संयुक्त युवा क्लबलाइ ५–१ अन्तर गोलले पराजित गरेको  छ । 
पाथिभारा युवा क्लबले पारिजात स्मृति पुस्तकालय चित्लाङलाई ५–० अन्तर गोलले पारजित गर्दा ऋषेश्वर ११ ‘ए’ क्लबले आग्रा स्पोर्ट्स क्लबलाई २–१ अन्तर गोलले गराजित गरेको छ । 

युवा तथा खेलकुद विकास समिति थाहा–८ को आयोजनामा थाहानगरको ईन्द्राणीय खेल मैदानमा भईरहेको प्रतियोगितामा उत्तरी मकवानपुरका ११ टिमको सहभागिता जनाएका छन् । 

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जानकारी दिइएको छ । 

प्रतियोगिता नक आउटको आधारमा खेलाइएका हो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)