nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उत्तरी क्षेत्रमा चम्किदै:थाहा कला केन्द्र
सानोबाबु मोक्तान

sany-7-1478656001.jpg

हिन्दुहरुको दोस्रो महान पर्व शुभ दीपावली सदाका वर्षझैँ यस वर्ष पनि वडो हर्षोल्लासका साथ सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले मनाए । महान पर्व विजया दशमी लगत्तै प्रारम्भ हुने यस पर्वको पनि छुट्टै महत्व रहि आएको छ । दिदिबहिनी र दाजुभाईको घनिष्टतालाई अझ सुमधुर बनाउनको लागि यस पर्वले झनै महत्व ओगटेको छ । यस पर्वको पनि आफ्नै पौराणिक कथा रहेको छ जुन जो कोहीलाई रोचक लाग्दछ । 
यसैपर्वले समेटेको देउसीभैलोको परम्परा त अझ रोचकमय रहेको छ । उहि बेलादेखि चलि आएको उक्त देउसीभैलोलाई अहिलेको परिवेशमा सम्मान ग्रहण गर्दै सानोबाबु मोक्तान कालो कोट पोशाकमाविभिन्न व्यक्ति, संघ÷संस्था, विद्यालय, क्लबलगायतले आ–आफ्नै तरिकाले मनाउने गरेको पाईन्छ । हाल यो देउसीभैलोलाई रितिरिवाजको रुपमा ग्रहण गरी यसको जगेर्णातर्फ प्रायः सबै उन्मुख भएको भेटिन्छ । देउसीभैलो प्राय घर÷घरमा खेलिन्छ र जसको घरमा देउसीभैलो खेलिन्छ । उसले अनिवार्य रुपमा यथासक्य दान गर्नुपर्ने भन्ने मान्यता रहि आएकै कारण यस अवसरमा परम्परागत शैलिमा दान दिने र लिने गर्दछन् । यस्तै देउसी भैलोसंगै यसै पर्व शुभ तिहारकै अवसरमा विभिन्न विद्यालय, संघ÷संस्था क्लवहरुले विभिन्न किसिमका कार्यक्रमहरु पनि गर्दै आईरहेका छन् । 
यसैमध्ये तिहारकै अवसरमा भनि शुभकामना आदानप्रदान सहितको सांस्कृतिक कार्यक्रमलाई अहिले धेरैले रुचाईराखेका छन्÷अवलम्वन गर्दै आईराखेका छन् । विशेषतया आफ्नो टोल, गाउँ, बजार क्षेत्रलाई केन्द्र बनाएर उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने चलन बढ्दै आईरहेको छ । यति मात्रै हैन कि यसै अवसरलाई साथ लिई विभिन्न विकास का गतिविधिलाई पनि समावेश गरि कार्यक्रमको आयोजना गरिएको पाईन्छ । कार्यक्रमलाई विशषतया जमघटको रुपमा लिने गरिन्छ ।

सम्मान ग्रहण गर्दै सानोबाबु मोक्तान कालो कोट पोशाकमायसै क्रममा कला÷संस्कृतिको सम्बद्र्धन÷प्रवद्र्धन गर्ने मूल उद्देश्यले उत्तरी  मकवानपुरमा स्थापना भएको साथै विस्तारै लोक प्रियता जमाउँदै गईरहेको थाहा कला केन्द्रको व्यस्तता यसपालिको तिहारमा अधिक रह्यो । विभिन्न कार्यक्रममा, विभिन्न ठाउँहरुमा विभिन्न कलात्मक प्रदर्शनी गर्दै आएको यस कलाकेन्द्रको प्रस्तुति    रुचाउने हरुले कला केन्द्रलाई व्यस्त बनाउन तल्लीन रहे । सम्मान ग्रहण गर्दै सानोबाबु मोक्तान कालो कोट पोशाकमा
यसैबीचमा थाहा कला केन्दले विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरुमा निम्तो पाएको थियो । २०७३ कार्तिक १३ गते ने.क.पा एमाले थाहानगर कमिटिको तिहार विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम, २०७३ कार्तिक १४ गते शिला कन्या देवी प्रा.वि. तथा शिला कन्या देवी युवा क्लवको संयुक्त आयोजनामा तिहार विशेष सांस्कृतिक कार्यक्रम तथा चिट्ठा उपहार कार्यक्रम, २०७३ कार्तिक १५ गते, गोगने स्मार्ट युथ क्लबको आयोजनामा सांस्कृतिक कार्यक्रम तथा चिट्ठा उपहार कार्यक्रम, २०७३ कार्तिक १६ गते प्रगतिशिल युवा क्लव घर्तिखोलाको आयोजनमा तिहार विशेष सांस्कृतिक कार्यक्रम तथा सोहि दिन प्रतिभा बाल क्लव मार्खु सर्भाङको आयोजनामा तिहार विशेष सांस्कृतिक कार्यक्रममा समेत प्रस्तुति देखाउन सफल भएको थियो । 
यसै क्रममा २०७३ कार्तिक १३ गते ने.क.पा एमाले थाहा नगरको कार्यक्रममा थाहानगर    कमिटिद्धारा कला–संस्कृति जगेर्णामा टेवा पु¥याएको भन्दै कला केन्द्र सम्मानित हुने अवसर पनि जुटेको थियो । सोहि कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव योेगेश भट्टराईले कदर पत्र सहित थाहा कला केन्द्रलाई सम्मान गर्नु भएको थियो । यस्तै विभिन्न ठाउँमा भएका कार्यक्रममा विभिन्न उद्देश्यहरु समाहित थिए । जसमा शिलाकन्यादेवी युवा क्लव तथा शिलाकन्यादेवी प्रा.वि.को आयोजनामा भएको कार्यक्रममा उक्त विद्यालयको शैक्षिक विकासको निम्ति गरिएको थियोे, भने कार्यक्रमको प्रमूख अतिथिको रुपमा पाल्नुभएका मकवानपुर क्षेत्र नं. ४ का सांसद तथा नेकपा एमालेका नेता राजाराम स्याङ्तानले सो विद्यालयको भौतिक निर्माणको लागि सांसद कोषबाट रु.१ लाख छुट्याउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो । त्यस्तै गागने स्मार्ट युथ क्लवले भुकम्प पिडित जेहेन्दार तथा गरिब विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण, प्रगतिशिल युवा क्लवले बाघेखोला देखि दम्की सडक बत्ति अभियान लगायतका अभियानलाई आत्मसाथ गरि सो कार्यक्रमहरुको आयोजना गरिएको थियो । सोहि कार्यक्रमहरुमा थाहा कला केन्द्रको प्रस्तुतिहरु पुग्न सफल भएको थियो । 
प्रस्तुतिहरुकै क्रममा गोगने स्मार्ट युथ क्लवको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि  रहनुभएका निर्मल हेल्थ क्लिनिकका प्रोपाईटर निर्मल तिमिल्सिनाले थाहा कला केन्द्रलाई हौसला स्वरुप रु.५०००।– (पाँच हजार रुपैयाँ) प्रदान गर्नुभएको थियो । यस्तै यस्तै विचमा थाहा कला केन्द्र यस वर्षको तिहारमा व्यस्त रह्यो । त्यस्तै कला–संस्कृति उजागर तथा संरक्षण गर्ने उद्देश्यमा निहित थाहा कला केन्द्र अहिले पनि विभिन्न विधामा अघि बढ्दै आफ्नो व्यस्ततालाई तिव्र पार्दै गईरहेको छ । गत वर्षको मकवानपुर आईडल पश्चात यस वर्ष पनि छुट्टै किसिमका कार्यक्रमको अवधारणालाई मध्यनजर गर्दै अहिले थाहा कला केन्द्र सोको गृहकार्यमा व्यस्त रहेको छ । कलात्मक यात्राको दौडानमा विभिन्न व्यक्तित्व तथा क्षेत्रबाट पाएको सम्पूर्ण सकरात्मक सल्लाह एवं सुझावलाई ध्यानमा राखि अहिले ति कुराहरुलाई पनि प्राथमिकतामा राखि अभ्यास समेत गरिरहेका छन् थाहा कला केन्द्र । 
सबैको साथ अनि माया पाएर कला–संस्कृति क्षेत्रमा अग्रसर रहनको लागि स्थापित यस कला केन्द्रलाई सधैवः साथ सहयोग अनि माया पाईरहोस् भन्ने चाहन्छ, सम्पूर्ण थाहा कला केन्द्र परिवार । 
धन्यवाद ।

(लेखक मोक्तान, थाहा कला केन्द्रका अध्यक्ष हुन् ।)