nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ईन्द्रसरोवर मत्स्य व्यवशायी संघको साधारण सभा सम्पन्न
कृषि सहकारी संस्थाको तेस्रो साधारण सभा मार्खुमा

Indra-1506080510.jpg

ईन्द्रसरोवर मत्स्य व्यवसायी संघको आठौं तथा इन्द्रसरोवर कृषि सहकारी संस्थाको तेस्रो साधारण सभा मार्खुमा सम्पन्न भएको छ । ईन्द्रसरोवर मत्स्य व्यवसायी संघको भगिनी संस्थाको रुपमा रहेको ईन्द्रसरोवर कृषि सहकारी संस्थाको समेत एकसाथ साधारणसभा गरिएको हो । 

ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा लामाले इन्द्रसरोवर ताललाई सबैले हेर्न लायक बनाउन आफ्नो प्रयास जारी रहने बताए । उनले ईन्द्रसरोवरको पर्यटकीय केन्द्रको रुपमा रहेको कुलेखानी ताललाई यस क्षेत्रका बासिन्दाको आम्दानीसंग जोड्ने बताए । तालको वरिपरि पर्यटन प्रवद्र्धनका लागि अन्य भौतिक पूर्वाधारहरुको पनि विकास गरिने बताए । नेपालीहरुलाई एक पल्ट घुम्न जानै पर्ने सन्देश कुलेखानी तालले फैलाएरै छाड्ने अध्यक्ष लामाले विश्वास गरे । उनले तालको किनारामा साइक्लिङ मार्गको विकास गरिने बताए । 

सहकारीमा ईन्द्रसरोवरको वडा नं १ मार्खु र वडा नं २ कुलेखानी का ६ सय ८५ शेयर सदस्य आवद्ध छन् भने वि.सं. मत्स्यपालन व्यवसायी संघ वि.सं. २०६५ सालमा स्थापना भएको हो । कृषि सहकारी संस्थाको स्थापना वि.सं. २०७१ सालमा भएको हो ।

कार्यक्रम वडा अध्यक्ष जमानसिं लामाको सभाध्यक्षतामा भएको हो । 
 



https://thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।