nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ईन्द्रसरोवरमा रनिङ शिल्ड फुटबल प्रतियोगिता जारी

मकवानपुर जिल्लाको उत्तरी क्षेत्र स्थित ईन्द्रसरोवर गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता ईन्द्रसरोवर रनिङ शिल्ड जारी रहेको छ । ईन्द्रसरोवर युवा तथा खेलकुद बिकास समितिको आयोजना र ईन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भईरहेको हो । ईन्द्रसरोवर गाउपालिका वडा नं २ कुलेखानीको हेबी स्थित खेल मैदानमा सञ्चालनमा रहेको प्रतियोगितामा शुक्रवार ३ खेल भएको छ । शुक्रवार पहिलो खेलमा कुलेखानी फुटबल ए क्लबले नवजागरण युवा क्लबलाई ६–२ गोल अन्तरले पराजित गरेको छ । ग्याङ्ग स्टार र नाटेश्वरी विच भएको दोस्रो खेलमा दुबै टिमले १–१ गोल गरि बराबर भएको छ । शुक्रवार नै भएको तेस्रो खेलमा लिटिल स्टार युवा क्लबले नवजागरण युवा क्लबलाई १–० मा हराएको छ । त्यसैगरि क्वाटरफाईनल खेल अन्तर्गत नवलालिमा युवा क्लब र नाटेश्वरी युवा क्लबविच खेल हुनेछ । साथै देउराली सेवा समाज संग ग्याङ्ग स्टार,कुलेखानी फुटबल युवा क्लब बि संग कुलेखानी फुटबल युवा क्लब ए, लिटिल स्टार युवा क्लब संग मार्खु युवा भिड्ने आयोजक समितिले जानकारी दिए । बैशाख ५ गतेबाट भएको इन्द्रसरोवर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बिजेता टिमले ५० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले २० हजार रुपैयाँ तथा तेस्रो हुने टिमले नगद १० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी तथा सर्वा्धिक गोलकर्तालाई शिल्ड, मेडल सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)