nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवर युवा समाजले हात पार्यो २ नं वडा स्तरीय गाउँपालिका प्रमुख रनिङ शिल्ड कप फुटवलको उपाधि

65615326_2453595954897875-1561613175.jpg

इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा सञ्चालित वडा स्तरीय गाउँपालिका प्रमुख रनिङ शिल्ड कप फुटवल प्रतियोगिता सम्पन्न भएको छ । इन्द्रसरोवर गाँउपालिकाको आर्थिक सहयोग र यूवा तथा खेलकुद विकास समितिको आयोजनामा यहि असार ७ गते देखि सन्चालन भएको फुटबल प्रतियोगिता असार ११ गते बुधबार पुरस्कार वितरण कार्यक्रम गरी समापन गरिएको हो । 

प्रतियोगिताबाट इन्द्रसरोवर युवा समाज प्रथम हुन सफल भएको छ । यस्तै प्रगतिशिल युथ क्लब द्वितिय र ग्याङ स्टार युवा क्लब तृतिय हुन सफल भएको छ ।

यो खेल सँगै इन्द्रसरोवर गाउँपालिकाको सम्पुर्ण वडाको वडास्तरिय खेल सकिएको छ । ५ वटै वडामा खेलाइएको खेलबाट प्रथम, द्वितिय र तृतिय भएका समुहबाट छानिएर ५ वटा समुहले गाउँपालिका स्तरिय खेलमा सहभागि हुनेछन् । अवको केही दिनमा नै गाउँपालिका स्तरिय खेल सञ्चालन हुने इन्द्रसरोवर यूवा तथा खेलकुद विकास समितिका अध्यक्ष रत्न थापा मगरले जानकारी दिए ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख अतिथ्यतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भन्डारीको विशिष्ट आतिथ्यता रहेको थियो । 

तस्विरः– रत्न थापा मगर



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।