nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा ३ दिने समर क्याम्प हुने

39970177_312324389535531_-1535353244.jpg

इन्द्रसरोवर यूवा तथा खेलकुद विकास समितिको आयोजनामा ३ दिने समर क्याम्प ट्रेनिङ हुने भएको छ । रङ्गशाला राष्ट्रिय खेलकुद परिषद काठमाण्डौँको ७० जना ब्ल्याक बेल्ट पास गरेको खेलाडीहरुको साथमा इन्द्रसरोवर गाउँपालिका भित्र रहेको खेलाडीहरु बिचमा समर क्याम्प हुने भएको हो । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं २ कुलेखानी फुटबल चौरमा हुने उक्त क्याम्प यही भाद्र १६ गते देखि १८ गते सम्म हुने हुने भएको छ ।
रङ्गशाला राष्ट्रिय खेलकुद परिषद काठमाण्डौँको ब्ल्याक बेल्ट पास गरेको खेलाडीहरुको साथमा समर क्याम्प ट्रेनिङ गर्दा इन्द्रसरोवरका खेलाडीहरुले पनि केही नयाँ कुरा सिकोस भन्ने उदेश्यले सो ट्रेनिङ गर्न लागेको इन्द्रसरोवर यूवा तथा खेलकुद विकास समितिका अध्यक्ष रत्न थापा मगरले बताए । इन्द्रसरोवरमा हाल ४४ जना नियमित तालिम लिइरहेका खेलाडीहरु रहेका छन् ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।