nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा पर्यटक आकर्षित

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर आन्तरिक एवं वाह्य पर्यटकको गन्तव्य बन्दै गएको छ । स्थानीयावासीले डुंगा सञ्चालनमा ल्याएपछि इन्द्रसरोवरमा पर्यटक आकर्षित भएका हुन् । इन्द्रसरोवरमा डुंगामा सयर गर्न काठमाडांैदेखि आउने गरेका छन् । विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । इन्द्रसरोवर गाउँपालिका १ ले पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले दुई थान पाइडल बोट (डुंगा) खरिद गरेको छ । सरोवरमा पाइडल बोट सञ्चालन गरेपछि डुंगा चढनेको संख्या हवात्तै बढेको उनले बताए । सरोवरमा अहिले पानीको सतह पनि माथिसम्म छ ।

एउटा पाइडल बोटमा चार जनासम्म चढेर सयर गर्न मिल्छ । सरोवरमा पाइडल बोटमामात्र होइन काठका चालीस वटा डुंगा सञ्चालनमा छन् । भदौको अन्तिमसातादेखि डुंगा सयर गर्न आउनेको संख्या बढेको स्थानीय व्यवसायीले बताए । इन्द्रसरोवर क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले तत्कालीन जिविस मकवानपुरले ४ वर्षअघि १३ लाखको लागतमा २ वटा इन्जिन मोटर बोट खरिद गरी सरोवरका मत्स्य व्यवसायी संघलाई उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणले असुरक्षा र सरोवरका माछाहरू मर्नेलगायतका कारण देखाएर मोटर बोट चल्न रोक लगायो । ती मोटर बोट उपयोगविहीन अवस्थामा छन् । काठको डुंगा र पाइडलबाट चल्ने बोटलाई भने प्राधिकरणले अवरोध पुर्‍याएको छैन, वडाध्यक्ष वाइवाले भने ।

काठको डुंगामा एक घण्टा सरोवरमा घुम्ने व्यक्तिलाई ५ सय रुपैयाँ लिने गरिएको छ । पाइडल बोटमा हजार रुपैयाँ लिने सोचमा छौं तर दर तोकिसकेका छैनांै उनले भने । मार्खुस्थित सरोवरमा मज्जा लिनका लागि हेटांैडा, काठमाडांै र वीरगन्जबाट पर्यटकहरू आउने गरेका छन् । ती दुई दिन मार्खुमा रहेका होटल भरिभराउ हुने गरेका छन् । ७ किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको उक्त सरोवरको सैनिक इलाका क्षेत्रमा डुंगा चलाउन पाइँदैन ।

-प्रताप विष्ट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)