nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरको सन्दरतामा अशोकको ‘तिम्रो आगमनले’ सार्वजनिक (भिडियो सहित)

67784332_699323830481460_-1564379135.png

पछिल्लो समय नयाँनयाँ गितको साथ चर्चामा पुगेका गायक अशोक तामाङको अर्को नयाँ गित सार्वजनिक भएको छ । गायक अशोक तामाङ र गायिका निर्मला घिसिङको अवाजमा सजिएको नयाँ  ‘तिम्रो आगमनले’  बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उक्त गीतको म्युजिक भिडियो जिग्मे मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । अमृत लामाको शब्द तथा सँगीतमा तयार भएको गीतलाई चाँद सिंहले एरेञ्ज गरेका छन् । पर्पल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो भर्सन भने यस अघि नै गायक तामाङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिसकिएको छ । सुमन खड्काले रेकर्ड तथा दिपेश प्रधानले मिक्सिङ गरेको गीतको म्युजिक भिडियोलाई अशोक आफैले निर्देशन गरेका छन् ।

गीतको म्युजिक भिडियो चर्चित सिनेम्याटोग्राफर सूर्य लामाले छायाँकन गरेका हुन् । गीतको म्युजिक भिडियोमा अरिन तामाङ र पुजा तामाङले अभिनय गरेका छन् । गीतमा ड्रोन छायाँकन सुरेश घिसिङले गरेका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सुन्दर पर्यटकिय स्थलहरुका साथै फर्पिङ लगायतका क्षेत्रमा म्युजिक भिडियो छायाँकन गरिएको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)