nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोबर रनिङ शिल्ड फुटबलको उपाधी देउरालीलाई

    उत्तरी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका भएको प्रथम ईन्द्रसरोवर रनिङ शिल्ड फुटवल प्रतियोगिताको उपाधी देउराली सेवा समाज हात पारेको हो । मंगलवार भएको फाईनल खेलमा देउराली सेवा समाजले लिटिल स्टार युवा क्लबलाई ३ को विरुद्ध ० गोल अन्तरले पराजित गर्दे उपाधि चुम्न सफल भएको हो । उपाधि बिजेता समुहले नगद ५० हजार संगै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको उपविजेता लिटिल स्टारले २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेश्रो स्थान हाँसिल गरेको नाटेश्वरी युवा क्लव मार्खुले नगद १० हजार प्राप्त गरेको छ । ईन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग र ईन्द्रसरोवर युवा तथा खेलकुद विकास समिति द्धारा अयोजित खेलमा १० टिम सहभागित रहेको थियो ।

कार्यक्रममा विजयी खेलाडीलाई प्रमुख अथिति प्रतिनधिसभाका सदस्य विरोध खतिवडा, ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा पूर्व सम्संद सुवस चन्द्र ठाकुरी रास्ट्रिय कलाकारहरू बद्री पंगेनी सविता राना जीवन परियार लगाएतले पुरस्कार वितरण गरेका थिए ।
     कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सीना, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौँलागाई, जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा लगाएतको उपस्थिती आयोजक समितिका सदस्य विवस लामाले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)