nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

'इतिहासको पानामा तपाईंको नाम सुनौलो अक्षरले लेखिनेछ'

with-oli-1592056240.jpg

सम्माननीय प्रधानमन्त्री ज्यू तपाईंको अदम्य साहस जोश जागर दृस्टिकोण हेर्दै र देख्दै गर्दा आफू युवा भएकोमा ग्लानीबोध हुन थालेको छ । यस्तो जोश दृष्टिकोण साहस कहाँबाट आउँछ, सोचमग्न हुन थालेको छु । इतिहासमा राजा महेन्द्रले समेत गर्न नसकनु भएको काम तपाइले आज सर्बसम्मतिले सम्बिधान संसोधन मार्फत नेपालको बर्षौदेखि अतिक्रमित भुभाग फिर्ता गर्ने र निसान चिन्ह परिवर्तन गरेर आाफ्नो वास्तबिक भूगोललाई समेटेर बास्तबमा नै सार्वभौम सत्ता सम्पन्न नेपाली जनता कहिकतै कुनै कारणबाट पनि पछि छैनन भन्ने कुरामा स्पष्ट बनाइदिनु भएको छ । यस्को लागि एक आम नेपाली तथा तपाइको पार्टिको कार्यकर्ताको नाताले हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु । 

हुन त नेपालका राजनीतिक दलहरु चारै दिशातर्फ फर्किरहेको अबस्थामा अझ भनौ यत्रो माहामारीको समयमा पनि एकजुट हुन् नसकेका हाम्रा राजनीतिक दलहरुलाई आफ्नो एजेन्डामा राष्ट्रियताको मुद्दामा एउटै मञ्चमा राखेर सर्वसम्मतीले संबिधान संसोधन पारित गर्नु आफैमा ऐतिहासिक कार्य हो । अझ भनौ कतिपय राष्ट्रियताको मुद्दा भुमिको सीमाको तथा सीमाको नागरिकका पिडामा समेत संबेदनशील हुन् नसकेको आरोप खप्दै आएका मधेशवादी दलहरुलाई समेत सहमत गराई सहमतीय मार्गमा डोहो¥याउन खोज्नु र संसोधनको पक्षमा मत सिर्जना गर्न सक्नु आफैमा महत्वपूर्ण कार्य हो । हुन त अफ्ठ्यारोमा नै राजनेताको वास्तविक परीक्षा हुने गर्दछ यस्तै कठिन परीक्षा भुकम्पले थिलथिलो भएको नेपाली समाजलाई नाकाबन्दीको क्रुर उपहार मोदि सरकारले टक्राइदिदा कैयौ अभाबता दुखकष्ट पीडा सहेर बस्ने र हरेक दुखसंग लड्न सिकाउने हिंड्न सिकाउन अभिप्रेरित गर्ने सम्माननिय प्रधानमन्त्री ज्यु नै हुनुहुन्छ हरेक दुखको क्षणमा जनतासंग रम्दै जनतालाई आत्मनिर्भरताको पाठ पढाउँदै अभिप्रेरित गर्दै स्वाभिमानी जग खडा गरिदिने प्रधानमन्त्री ज्युलाई अन्तर हृदयदेखीको सम्मान पनि छ । 

‘हामी काली तरेर उनीहरुको भुभाग खोस्न गएको होइनौ उनीहरु हाम्रो सिमाना मिच्दै आएर हैकम जमाएका हुन रास्ट्रको भुगोल सानो होस या ठूलो तर सार्बभौमसत्ता र स्वाभिमान सबैको बराबर हुन्छ इतिहासले गरेको गल्ती हामीले नसुधारेर उक्त गल्ती दोहोर्याउने पक्षमा म छैन’ केपि शर्मा ओली यति उद्गारले नै पुष्टि गर्छ वास्तविक राष्ट्रवादी को हुन ? देखावटी राष्ट्रवादको मन्त्र जप्यो भन्नेहरुलाई आज संविधान संशोधन सर्बसम्मतीले पारित गर्न सफल प्रधानमन्त्री ज्युको नाम नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ । युग–युगमा पुस्तौ पुस्तामा स्मरणीय नाम रहिरहनेछ । गर्बले ३ करोड नेपाली जनताको शिर ठाडो भएको छ । सारा जनता गौरबांबित भएका छौ । आज नेपालले भारतको ठुलदाई प्रवृतिको अन्त्य गरिदिएको छ भने नेपालको निर्णय नेपाली आफैले गर्न सक्षम छन् बाह्य हस्तक्षेप कुनैपनि रुपमा स्वीकार्य छैन भन्ने कुरा आज पुष्टि भएको छ । फेरी पनि हामी आम जनताको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाई फेरी पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । हाम्रो लागि मात्र होइन हाम्रो सन्ततिको लागि आजको लागि होइन भोलिको लागि युग–युग चिरायु रहनेछन प्रधानमन्त्री केपी शर्मा ओली ।