nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इअन इङलिस एकेडेमीको खेलकुद सप्ताह सकियो

थाहा नगरपालिका–६मा रहेको इअन इङलिस एकेडेमीले खेलकुद सप्ताह प्रतियोगिता सम्पन्न गरेको छ । खेलकुद विद्यालयकै खेलकुद संयोजक  देब चौधरीको संयोजकत्वमा भएको थियो । विद्यार्थीहरुको चौतर्फी बिकासका निमित्त अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद सप्ताह गरिएको हो । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा दश सम्मका विद्यार्थीहरुले आफ्नो चाहना र क्षमता अनुसारको खेलहरु खेलेका थिए । जसअन्तर्गत कक्षा नर्सरीमा बेलुन  फुटाइ प्रतियोगितामा सम्राट बलामी, इभान जोशी, सेहेरा बलामी त्यस्तै एल केजीबाट बिशान्त कार्की, प्रसुन गोपाली, सद्भाव मुक्तान र यु केजीबाट नवीन गोपाली, आयुश बलामी , साइरस गोपालीले क्रमश प्रथम,  द्वितीय र तृतीय स्थान हासिल गरेका  थिए ।

 सोही स्तरकै अर्को खेल चक्लेट रेस अन्तर्गत नर्सरीमा सोहन गोपाली, सम्राट बलामी र सदिक्षा गोपाली त्यस्तै एल केजीबाट करुणा गिरी, आसाराम लामा  र  बिशान्त कार्की र युकेजीबाट नवीन गोपाली, इसान तामाङ र निर्जल राना  मगरले पुरस्कार जिते ।  तातो आलु खेलको प्रतिस्पर्धामा नर्सरी बाट आशिस्मा बलामी, अभिषेक बिडारी र सिदिका महर्जन, एलकेजीबाट रन्जन माझी, बिशान्त कार्की र श्रृया घर्ती तथा युकेजीबाट  अर्चना बिष्ट, कुशल अर्याल र निर्जल राना मगर त्यसैगरी सोही स्तरको अन्तिम खेल स्पोन रेसमा नर्सरीबाट सोहन गोपाली, एलिशा गोपाली र सेहेरा बलामी, एलकेजीबाट रिदम थिङ्ग, करुणा गिरी र कुशुम गोपाली र युकेजीबाट  आयुश बलामी,दिलकुमारी थिङ्ग र तपस्या सापकोटाले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको थिए  ।

त्यसैगरी चक्लेट रेसमा कक्षा एकबाट सुबिना लामा, रोशनी लामा र शेरबहादुर गोपाली र कक्षा दुईबाट दीपशिखा गोले, जेम्स तामाङ्ग र थ्रीक्स थापा मगर क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । यसैगरी सोही स्तरको मुजिकल चियरमा लव गोपाली, आर्जन  भक्त श्रेष्ठ र आयुश रुम्बा सोही स्तरको अन्तिम खेलमा छोपेमा लामा, बेबो गोपाली र जेसिका गोपाली क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । 
त्यस्तै प्राथमिक तहमा कक्षा तीन देखि पाँच सम्मका बिद्यार्थीहरुले फूटबल र कबडी प्रातियोगितामा रातो सदनले प्रथम र निलो सदनले द्वितीय स्थान हासिल गरेका छन । सोही तहको   म्युजिकल चेयरमा आर्यन बलामी, जिगिशा श्रेष्ठ, र एलिशा गोले त्यस्तै सोही तहको म्याथ्स रेसमा रोशिका 
दुरेली, अभिलाशा रिमाल र सुनित्रा मुक्तान र नीडल र थ्रेड  रेसमा आयुश गोपाली, सुजित बिस्ट र ऐश्वर्या गोपालीले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हसिल गरेका छन् । 

त्यस्तै शारीरिक, मानसिक तथा समाजिक व्यक्तित्व बिकासको लागि मावि तहलाई पनि विभिन्न खेलमा सहभागी गराइएको थियो । जसमा फूटवल, भलिवल र कब्बडीमा पहेँलो सदन प्रथम र भलिवल र कब्बडीमा हरियो सदन द्वितीय र फूटवल र कब्बडीमा क्रमश रातो सदन द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । सोही स्तरको चेस प्रतियोगितमा सरोज गोले, सक्षम बलामी र रेलकाजी गमाल क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । सोही स्तरको छात्रातर्फको  म्युजिकल चेयरमा कृशला कर्माचार्य, एलिशा गोपाली र रेबिका गोपाली, त्यस्तै स्पोन रेसमा  रोजिना बलामी, श्रेनिका लामा र करुणा बलामी, सय मिटर रेसमा मनिशा मिजार, रुबि गोपाली र करुणा बलामी, नीडल र थ्रेड रेसमा एलिशा गोपाली, रुबि गोपाली र प्रियङ्का सिंह ठकुरी र म्याथ रेसमा सिम्रन गोपली, स्मृति कर्माचार्य र बिपना वाइबा क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यसैगरी छात्रतर्फ सय मिटरको रेसमा कृशल बलामी, मनिर गोपाली र सलन तामाङ र रिले रेसमा रातो सदन प्रथम र हरियो सदन द्वितीय स्थानमा विजयी भएका छन् ।  कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको प्रिन्सिपल डिबि राईले बताए ।

-रामकाजी महर्जन/थाहानगर



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)