Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

आरनलाई आधुनिकीकरण गर्न सामाग्री वितरण

Aaran-02-1475286502.jpg

परम्परागत आरन संचालन गरी व्यवहाय गरिरहेका मकवानपुरको थाहानगरका भूकम्पपीडितहरुलाई आधुनिक उपकरण वितरण गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ७ सृजना वस्तीमा संचालनमा रहेका पाँच वटा आरनको लागि आधुनिक उपकरण वितरण गरिएको हो ।
अमेरिकन रेडक्रसको साहयोगमा नेपाल रेक्रस सोसाइटी मकवानपुर शाखाले भूकम्प प्रतिकार्य परियोजना अन्तर्गत भूकम्पपीडितहरुको जीवीकोपार्जनमा सहजता ल्याउनको लागि सामाग्री वितरण गरेको  हो । सामाग्री वितरण कार्यक्रममा पीडितले पाएको सामाग्री अधिक्क्तम उपयोग गर्नका लागि कार्यक्रमका विशिष्ट अतिथि तथा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले आग्रह गरे । उनले सामाग्रीको सदुपयोग भए नभएको आफूले पनि अनुगमन गर्ने बताउँदै पेशा सानो ठूलो नहुने उल्लेख गर्दै पेशालाई परम्परागतबाट आधुनिकीकरण गर्न रेडक्रसको सहयोग महत्वपूर्ण भएको बताए । पर्यटकीय नगर भएकोले पहिचान सहितको सामाग्री उत्पादन गर्न आग्रह गरे । उनले थपे–‘थाहानगरमा आउँदा एउटा फलामको चिनो लैजान मिल्ने प्रसिद्ध सामाग्री उत्पादनमा जोड दिनू आवश्यक छ ।’


कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्र स सोसाइटी मकवानपुर शाखाका सभापति सूर्यचन्द्र न्यौपानेले रेडक्रसले जीवीकोपार्जन लगायत अरु थुप्रै क्षेत्रमा भूकम्प् पीडितको क्षेत्रमा काम गदैृ आएको बताउँदै आफूहरुले पनि सरकारले बनाएको योजनामा सहयोग गर्ने बताए । रेडक्रसका कन्द्रीय समिति सदस्य समेत रहेका न्यौपानेले स्थानीय निकायका प्रतिनीधिले परियोजनालाई सहयोग गरे  परियोजना संचालन गर्नका लागि उत्साह थप्ने बताए । 
नेपाल रेक्रस सोसाइटी उपशाखा दामनका सभापति मधुसुदन रायमाझीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा रेडक्रसले थाहानगरमा संचालन गरिरहेको कार्यक्रमको विषयमा भूकम्प प्रतिकार्य परियोजनाका फिल्ड संयोजक मुक्ति घिमिरेले जानकारी गराएका थिए । कार्यक्रममा सामाग्रीको उपयोगिताको विषयमा परियोजना संयोजक महेश न्यौपानेले कार्यक्रममा जानकारी गराएका थिए । सो अवसरमा स्थानीय लाभग्राही अर्जुन सुनारले रेडक्रसको सहयोगले आफूहरुको सामाग्ी भाँडामा वृद्धि हुने र आम्दानी पनि बढ्ने बताउँदै सहयोग दिएकोमा धन्यवाद दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भूकम्प प्रतिकार्य कार्यक्रमका सामाजिक परिचालकहरु, नबीन कार्की, सुमना कार्की र सुशीला गोपाली तथा स्वयंसेवकहरु राजन ढकाल र रुना केसीको उपस्थिती रहेको थियो । 

सामाग्री सदुपयोगका लागि समिति

नेपाल रेडक्रस सोसाइटीले थाहा नगरपालिकाको सृजना वस्तीमा वितरण गरिएको आधुनिक आरन सामाग्री संरक्षण र व्यवस्थापन गर्नका लागि भिम बहादुर सुनारको अध्यक्षतामा समिति गठन गरिएको छ । 
व्यवस्थापन समितिको सचिवमा अर्जुन सुनार, कोषाध्यक्ष गोल बहादुर सुनार, सदस्य कपुर सुनार र सविता सुनार रहेका छन् । समतिले साझा रुपमा प्रयोग गर्नुपर्ने सामाग्रीहरुको संरक्षण तथा अरु पाएका सामाग्री सदुपयोग गर्नका लागि उत्प्रेरणाका प्रदान गर्न कार्य गर्ने रेडक्रसका फिल्ड संयोजक मुक्ती घिमिरे बताए ।