nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 12th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आधारभूत पुनःस्थापना सम्बन्धी तालिम शुरु

नेत्रहिन पुनःस्थापना कार्यक्रम मकवानपुरको आयोजनामा १५ दिने आधारभूत पुनःस्थापना सम्बन्धी तालिम हेटौंडामा शुरु भएको छ । दृष्टीविहिनहरुलाई पुनःस्थापना सेवा दिने उद्येश्यले कार्तिक ३ गतेबाट शुरु गरिएको तालिममा नेत्रहिन पुनःस्थापना कार्यक्रम मकवानपुरका नौवटा क्षेत्रका क्षेत्र कार्यकर्ताहरु सहभागी रहेको हेटौंडाबाट रेडियो निकासले खबर पठाएको छ ।

तालिममा सहभागी क्षेत्र कार्यकर्ताहरुले दृष्टी विहिनहरुलाई गमनशिलता, छामेर पढ्ने सम्बन्धी सिप सिकाउने फिल्ड अधिकृत एवम् प्रशिक्षक प्रेम महर्जनले जानकारी दिए । नेत्रहिन पुनःस्थापना कार्यक्रम मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुर जिल्ला भित्र ५ हजार ८ सय १६ जना दृष्टि विहिनहरु रहेका छन् । जस मध्ये ६ सय ९२ जनाको उपचार हुन नसक्ने नेत्रहिन पुनस्थापना कार्यक्रम मकवानपुरका फिल्ड सुपरभाईजर जिवन डल्लाकोटीले जानकारी दिए ।

नेत्रहिन पुनःस्थापना कार्यक्रम मकवानपुरले मकवानपुर जिल्ला भित्र ९ वटा क्षेत्र स्थापना गरी सेवा प्रदान गर्दै आएको छ ।