nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

आत्महत्या न्युनिकरणमा चलचित्र कल्चर

IMG_20181125_094429-1543118411.jpg

नगरपालिका लगायत देशभर नै आत्महत्याको संख्या बढ्दै गईरहेको समयमा थाहा नगरपालिकामा अवस्थित थाहा कलाकेन्द्रले आत्महत्या विषयमा केन्द्रीत भई चलचित्र निर्माण गरेको छ । समाजमा भएको आत्महत्या किन, कसरी, आत्महत्याका कारण के के हुन सक्छ, र न्युनिकरणका उपायहरु समेत समेटिएर बनाइएको   नेपाली कथानक चलचित्र परिबर्तित मनको सम्बाहक "कल्चर"ले आत्महत्या न्युनिकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने थाहा कला केन्द्रका अध्यक्ष तथा निर्देशक सानोबाबु मोक्तानले बताए । शनिबार थाहा नगरपालिकाको विकासघरमा चलचित्रको ट्रेलर सार्वजनिक गर्दै निर्देशक मोक्तानले यस्तो बताएका हुन ।

थाहा कला केन्द्रको प्रस्तुति तथा लाबा मिडिया प्रा.लि. को ब्यानरमा निर्मित चलचित्रको ट्रेलर विकासघरमा पत्रकार, कलाप्रेमी तथा समाजसेवीहरुको माझ सार्वजनिक गरिएको हो ।
चलचित्रमा सर्वनाम थिएटरकी कलकार मिना पुर्णिमा खड्कासहित थाहा नगरपालिकाकै कलाकारहरु दिपराज खत्री, बिना मुक्तान, नुमा गुरुङ, शुभराज भोम्जन, रुपक कालिराज, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान, सगुन तामाङ लगायतको अभिनय रहेको छ ।

चललिचत्रको छायांकन थाहा नगरपालिकाको भाङखोरिया कोटथुम्की र मकवानपुरका विभिन्न स्थानमा छायाँकन गरिएको छ । चलचित्रमा स्थानिय कलाकार मुक्तिनाथ उप्रेती र बिवेक पाख्रिनको संगीत सुन्न सकिन्छ । चलचित्रका गीतमा मेलिना राई, स्थानिय कलाकार दिपराज खत्री र मुक्तिनाथ उप्रेतीले स्वर दिएका छन् । श्याम गौतमको छायाँकन रहेको चलचित्रमा सञ्जय मण्डलको ब्याकराउण्ड स्कोर रहेको छ ।


चलचित्र "कल्चर"को ट्रेलर हाइलाइट्स नेपाल युट्युव च्यानलबाट मंसिर ९ गते सार्वजनिक हुने निर्देशक मोक्तानले जानकारी दिए । बैशाखमा थाहा नगरबाटै छायाँकन थालिएको चलचित्रको  यही मंसिर १५ गते थाहा नगरपालिकाकै विकासघरमा  प्रदर्शन गरिने जनाएको छ । त्यसपश्चात मकवानपुर सहित अन्य स्थानहरुमा समेत चलचित्र रिलिज गरिने उनले बताए ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)