Sunday, 21st June, 2026
वि.स.

आज राति गण्डकी र लुम्बिनी प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, बाढीपहिरोबाट बच्न आग्रह

barsathulo_DPtMYseJVC-1625662474.jpg

२३ असार राती(आज) र २४ असारमा  गण्डकी र लुम्बिनी प्रदशेमा निकै ठूलो वर्षा हुने सम्भावना देखिएकाले होसियार रहन मौसमविद्ले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन्। 

मौसम पूर्वानुमान महाशाखाले २३ असार साँझ जारी गरेको सूचनाअनुसार २३ असार राति र २४ असारमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारीसम्म वर्षा हुने सम्भावना देखिएको हो।

‘वर्षा हुन सक्ने आसपासमा खोलानाला बढ्न सक्ने, पहिरो जान सक्ने र बाटोहरू बन्द हुन सक्ने भएकाले  आवश्यक सतर्कता अपनाउनुहोला,’ सूचनामा भनिएको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०