nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

असल जीवन साथी

जीवन साथी नामबाटै नै परिभाषित छ । जीवन भरको सारथि जुन सारथि सङ्ग आधा भन्दा बढी जीवन बिताउनु पर्ने हुनुपर्छ ।

जीवन मेरो बिचारमा संघर्षको मैदान हो जुन मैदान मा अनेकौं अप्ठ्यारो  परिस्थितिहरुको ठेलाबाजी हुन्छ र साथै त्यही जीवनको मैदानमा हासो खुशी   र उमंगको खैला बैलाहरु पनि हुन्छ्न यहि ठेलाबाजी र यस्तै खैलाबैलाहरुको रङमन्चलाई नै जीवन भनिन्छ । र, रंङमन्चमा सधै हरेक परिस्थिति हरेक मोडमा दुःखमासंगै आँसु झार्न सुखमा सधै संगै रमाउन् र जीवन भरी नै एकै रथ का दुई पांग्रा भएर हौसला प्रेरणा मनोबल एउटा असल सहयात्रीको रुपमा साथ निभाउने मान्छेलाई नै जीवनसाथी भनिन्छ ।

साँच्चै मानिसको जीवनमा जीवन साथीको महत्व अति रहन्छ । लाग्छ कि म यो काम गर्न सक्दिन म संङ्ग यो कार्य गर्ने क्षमता छैन म कमजोर छु यस्तै लाग्छ जब तपाई एक्लो हुनु हुन्छ तर त्यही एक्लो जीवनमा यदि कसैको आगमन भयो भनी वा तपाईंको जीवन साथीको साथ भयो भनी त्यो काम मात्र होइन संसार जित्ने आँट आउँछ । र, हरेक ष्mउयककष्दभि लाग्ने काम उयककष्दभि हुन्छ मात्र केबल जिन्दगीमा आफ्नो जीवन साथीको साथ र सहयात्रा सहि र प्रेरणादायी हुन जरुरी छ।

पति पत्नीको सघन आत्मीयताको विकास नै दाम्पत्य जीवनको सार्थकता हो । दुबैको स्वास एक दुबैको सोच एकै दुबैको परिवार एक सोच यस्तै हुन्छ र फेरि पनि यो पवित्र सम्बन्धमा किन यति धेरै आँच अप्ठ्यारो  परिस्थितिहरु आएरहेको छ किन एकले अर्को सानो–सानो गल्ती स्वीकारर्न नसकेर सम्बन्धहरु टुङिरहेका छन् । पछिल्लो समयमा सामान्य भन्दा सामान्य कुराले सम्बन्धको अन्त्य गरिरहेको देखेका छौ के कारणले गर्दा आजभोलिको सम्बन्ध कमजोरहरु बनिरहेका छ्न ? सम्बन्ध मजबुत बनाउन के गर्न सकिन्छ ?

एक अर्को को भावना को कदर गर्न सिकौ, धेरै जसो श्रीमान–श्रीमतीले एकले अर्कोको भावनाको कदर गर्न र बुझ्न् सकिरहेका हुदैनन् । जस्ले गर्दा उनिहरु बिच दुरी बढ्दै जान्छ । एउटै घरको छतमुनी बसेर पनि अधिकांश एक अर्कोको नजरमा अन्जान बनेर बसिरहेका हुन्छ्न त्यसैले सधै एकले अर्कोको कदर गर्न सिकौ मनको कुरा खुलेर भन्न सिकौ यसले गर्दा पनि सम्बन्ध मजबुत हुने   गर्छ ।

श्रीमतीले पनि एउटा पुरुष सङ्ग बिहे गरेर उसको घरमा प्रवेश गरेपछि, केही सामाजिक र सांस्कृतिक मुल्य मान्यताले घेरे मात्र श्रीमती को दायित्व पूरा हुदैन उस्ले आफ्नो जीवन साथी को बारेमा गहिरिएर बुझ्न जरुरी हुन्छ । उसको जीवनमा देखिएको हरेक खालिपनलाई प्रेमले भर्नु पर्छ । त्यस्तै श्रीमानले पनि अर्काको छोरीलाई केही समाज जोडेर अग्नि सामुसाथ फेरेर मात्र अनि उसको सिउँदोमा सिन्दुर भरेर मात्रै श्रीमान कहलिनु हुदैन । उसले पनि आफ्नो सहकर्मी उसको इच्छा चाहाना बुझ्न जरुरी हुन्छ, तपाईंको सच्चा प्रेम र साथले एक अर्काको जीवनको कमी पूरा हुन्छ । यहि कुरामा जिन्दगी आन्दायिक हुन्छ ।

जिन्दगीको हरेक मोडमा राम्रो र  नराम्रो दिन अवश्य आउँछ । यस्तो  परिस्थितिमा एक अर्काको भरोसाले नै जुनजुकै अवस्थामा पनि हार्न दिदैन ।  एक अर्का सङ्ग दुख बाँड्दा जुन किसिमको आनन्द मिल्छ खुशी साट्दा त्यस्को सयौं गुणा खुशी मिल्छ। श्रीमान–श्रीमतीको सम्बन्धमा एक अर्काेप्रति समझदारी विश्वास हुन    जरुरी हुन्छ । हरेक श्रीमान–श्रीमतीको इच्छा हुन्छ श्रीमान वा श्रीमतीले उसको पनि भावनाको कदर गरोस् यस्तो    साहारा बनोसकी जो सङ्ग उस्ले जिन्दगी बिताउने कल्पना गरेको छ उसैले      हरेक चुनौतीको सामना गर्न सकोस या जुध्न सकोस एक अर्काकोसाथ कदम कदमा मिलाएर चल्न सकोस र जिन्दगीको सारा बोझ सजिलै सङ उखेलेर फ्याँक्न सकोस र जीवन सधै हाँसी रुप खुशी सफल रहोस । 

हरेकको इच्छा पनि यहि हुन्छ एउटा नारी त्यति बेला खुशी रहन्छे जब उसको साथमा आफुलाई माया गर्ने आफूलाई कुन गलत र कुन सहि सहि हो भनेर छुटाएर सहि निर्णय लिन सहयोग गरोस र आफुलाइ   अप्ठ्यारो लाग्ने हरेक कार्यमा सहानुभूति दिएर आफुलाई त्यो काम गर्न सधै प्रोत्साहित गरोस हो यस्तै श्रीमान आफ्नो साथमा भए एउटा नारी सधै खुशी रहुन्छे । आधा भन्दा बढी जीवन उसैसंग बिताउन आउने एउटा नारी उसको साथमा सँधै आफुलाई माया गर्ने र अझ बढी विश्वास गर्ने एउटा असल श्रीमान छ भने उसको लागि यो नै संसार कै बहुमूल्य उपहार हुनेछ ।