Wednesday, 26th August, 2026
वि.स.

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"

Htd-1519201144.jpg

प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका छन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलसँगको भेटमा उनले शिक्षा, स्वास्थ्यसहित जनसरोकारका बिषयमा सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा भएको भेटवार्तामा अष्ट्रेलिया र प्रदेश नम्बर तीनबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए । नेपाल पहिलोपटक संघीय अभ्यासमा रहेको भन्दै मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले गरेको पहिलो निर्णय अन्तर्गत टेक्निकल विषयको शिक्षालय स्थापनाका लागि अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको अष्ट्रेलियामा विद्यार्थीहरुको भिड रोक्दै नेपालमै उद्यमशिलताको सम्भावनालाई अघि बढाउन दुई देशबीच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री पौडेलले बताए ।

राजदूत बडले संघीय नेपालको पहिलो मुख्यमन्त्री भएकोमा पौडेललाई बधाई दिए । भेटमा प्रदेश नम्बर ३ का मुख्य सचिव रेश्मीराज पाण्डेको पनि सहभागिता थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif