nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"

Htd-1519201144.jpg

प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका छन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलसँगको भेटमा उनले शिक्षा, स्वास्थ्यसहित जनसरोकारका बिषयमा सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा भएको भेटवार्तामा अष्ट्रेलिया र प्रदेश नम्बर तीनबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए । नेपाल पहिलोपटक संघीय अभ्यासमा रहेको भन्दै मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले गरेको पहिलो निर्णय अन्तर्गत टेक्निकल विषयको शिक्षालय स्थापनाका लागि अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको अष्ट्रेलियामा विद्यार्थीहरुको भिड रोक्दै नेपालमै उद्यमशिलताको सम्भावनालाई अघि बढाउन दुई देशबीच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री पौडेलले बताए ।

राजदूत बडले संघीय नेपालको पहिलो मुख्यमन्त्री भएकोमा पौडेललाई बधाई दिए । भेटमा प्रदेश नम्बर ३ का मुख्य सचिव रेश्मीराज पाण्डेको पनि सहभागिता थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)