nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अमिर बम्जनलाई निन्द्रमा झस्काएसी, हेर्नुहोस् भिडियो

13268228_1632296507097142-1573093172.jpg

गायक अमिर बम्जनको नयाँ गित सार्वजनिक भएको छ ।

यहि कार्तिक २० गते “मलाई निन्द्रामा झस्काउछ” बोलको गित सार्वजनिक भएको हो । अमिर बम्जनकै शब्द र स्वर रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । उनको नयाँ गीत अमिर बम्जनकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ’आमा’ गीतबाट आफ्नो संगीतको यात्रा सुरु गरेको अमिरको ’हारेको छैन मन’ र ’माया भन्ने कुरा’ लगायत दर्जनौ गीतहरु युट्युवमा सार्वजनिक भैसकेका छन् । 

वि. सं. २०५६ फागुन २५ गते जन्मिएको अमिर जन्मजात नै शारीरिक रुपमा अशक्त भए पनि आफ्नो परिवारको साथ र सहयोगमा चित्रकला, साहित्य र संगीतको यात्रालाई अघि बढाइरहेको छ । शारीरिक अशक्तताको बाबजुद पनि आफ्नो लक्ष्य हासिल गर्न तत्पर रहेका अमिरको जीवनीले जो सुकैलाई हौसला मिल्दछ । उनको जन्म उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं २ खानीगाउँमा भएको हो । अमिरको न हात चल्छ, न खुट्टा नै । तर, उनले हरेस खाएका छैनन् । मुख र जिब्रोकै भरमा उनी आफ्नो जीवन चलाइरहेका छन् ।


 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।