Thursday, 3rd September, 2026
वि.स.

अफिम काराेबारमा थाहाका २ जनालाई जनही १५ वर्ष कैद र ५ लाख जरिबाना

thing-06112024010145-1000-1730903412.jpg

अफिम कारोबार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले थाहा नगरपालिकाका  दुई जनालाई जनही १५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले उनीहरुलाई  जनही ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेशसमेत गरेको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको आज बसेको इजलासले थाहा नगरपालिका-८ काभ्रेका ५४ वर्षीय तेजबहादुर थिङ र थाहा नगरपालिका-११ टिस्टुङका ४३ वर्षीय शरण थिङलाई अफिम कारोबार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

थिङद्वयलाई प्रहरीले २०८० चैत १० गते हेटौंडा उपमहानगरपालिका-१० दिलखुश खाजा घरबाट २ केजी अफिमसहित पक्राउ गरेको थियो । अदालतले दोषी ठहर गरेका दुवै जना क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif