nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अपडेट : सेमिफाइनलमा थाहाले लिखुलाई हरायाे, अब भरतपुरसँग फाइनल भिडन्त

FB_IMG_1699083187303-1699083232.jpg

दाेलखाकाे जिरीमा जारी भलिबल च्याम्पियनसिप प्रतियोगितामा थाहा नगरपालिका फाइनलमा प्रवेश गरेको छ।  सेमिफाइनलमा लिखु तामाकाेशीलाई हराउँदै थाहा फाइनलमा पुगेकाे हाे ।

अब फाइनलमा थाहाले भरतपुरसँग भिड्ने छ । सेमिफाइनलमा रामेछापको गोकुलगंगा गाउँपालिकालाई पराजित गरेर चितवनको भरतपुर महानगरपालिका फाइनलमा पुगेकाे हाे ।

अहिले तेस्राे स्थानकाे लागि लिखु र गाेकुलगंगा भिडिरहेकाे जिरीबाट रुपक कार्कीले जानकारी दिए । फाइनल आजै हुनेछ ।

थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समिति सदस्य राजकुमार बलामी, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने अहिले जिरीमै छन् ।

फाइनलमा उपाधी जिते थाहा नगरपालिकाले रु. १,५१,००० नगद हात पार्नेछ । उपविजेतामा सीमित रहँदा रु. १,०१,००० पक्का भैसकेकाे छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)