Thursday, 3rd September, 2026
वि.स.

अपडेट : सेमिफाइनलमा थाहाले लिखुलाई हरायाे, अब भरतपुरसँग फाइनल भिडन्त

FB_IMG_1699083187303-1699083232.jpg

दाेलखाकाे जिरीमा जारी भलिबल च्याम्पियनसिप प्रतियोगितामा थाहा नगरपालिका फाइनलमा प्रवेश गरेको छ।  सेमिफाइनलमा लिखु तामाकाेशीलाई हराउँदै थाहा फाइनलमा पुगेकाे हाे ।

अब फाइनलमा थाहाले भरतपुरसँग भिड्ने छ । सेमिफाइनलमा रामेछापको गोकुलगंगा गाउँपालिकालाई पराजित गरेर चितवनको भरतपुर महानगरपालिका फाइनलमा पुगेकाे हाे ।

अहिले तेस्राे स्थानकाे लागि लिखु र गाेकुलगंगा भिडिरहेकाे जिरीबाट रुपक कार्कीले जानकारी दिए । फाइनल आजै हुनेछ ।

थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समिति सदस्य राजकुमार बलामी, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने अहिले जिरीमै छन् ।

फाइनलमा उपाधी जिते थाहा नगरपालिकाले रु. १,५१,००० नगद हात पार्नेछ । उपविजेतामा सीमित रहँदा रु. १,०१,००० पक्का भैसकेकाे छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif