nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अधिवक्ता रामनारायण बिडारीलाई ‘बरिष्ठ अधिवक्ता’ उपाधि

bidar-1502707705.jpg

अधिवक्ता रामनारायण बिडारीले ‘बरिष्ठ अधिवक्ता’ उपाधि प्राप्त गरेका छन् । सर्वोच्च अदालतको पूर्ण बैठकले बिडारीलाई बरिष्ठ अधिवक्ताको उपाधि दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम विडारीलाई बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा जारी सूचनामा उल्लेख छ । 

२०४७ साल चैत ७ गते २३७४ प्रमाणपत्र नम्बर प्राप्त गरी वकालत थालेका बिडारीको जनमुखीको ल फर्म प्रख्यात थियो । लामो समयदेखि निरन्तर वकालत गर्दै आएका बिडारी फौजदारी अभियोग र अपराध शास्त्रका जानकार मानिन्छन् । कानूननका जानकार भएकै कारण उनी संविधान मस्यौदा समिति सहित विभिन्न महत्वपूर्ण समितिमा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने गर्दछन् । 

उनीसहित २ सय ७२ कानून व्यवसायी बरिष्ठ अधिवक्ता बनेका छन् ।