nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अटो, बोलेरोदेखि ट्रकमा समेत गाँजा ओसारपसार

gaja-1-1625877338.jpg

गाँजा खेतीलाई वैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेलाबेलामा बहस चल्ने गरेको छ । यता, गाँजालगायत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ भनिँदै आएको मकवानपुरमा प्रहरीले दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद गर्ने गरेको छ । केही दिनअघि मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा लगिएको झन्डै १ क्विन्टल गाँजा हेटौंडामा प्रहरीले बरामद ग-यो ।

दैनिक डेढ क्विन्टलसम्म गाँजा बरामद

गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा बजार क्षेत्र प्रवेश गर्नुअगावै हेटौंडा ११ थाना भ-याङमै नियन्त्रणमा लिने प्रयास गरेको थियो । चालकले चलाखीपूर्वक कन्टेनर भुटनदेवी मोडमा पु¥यायो । तर, सोही मोडमा प्रहरीले नियन्त्रणमा लियो । कन्टेनरमा रहेका १२ पोका अर्थात् ९६ किलो ४ सय ग्राम गाँजा र तस्करीमा संलग्न पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लियो ।

यसपटक बरामद गरेको गाँजा र तस्करमा संलग्नबारे अनुसन्धान गर्दागर्दा प्रहरीले भोलिपल्ट अझै ठूलो परिमाणमा उसैगरी ट्रकमा लोडगरी ल्याइएको गाँजा फेला पा¥यो । अघिल्लो दिन ९६ किलो गाँजा बरामद गरेको प्रहरीले भोलिपल्ट बिहीबार १ सय ४३ किलो अर्थात् झन्डै डेढ क्विन्टल गाँजा बरामद ग¥यो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अघिल्लो बिहीबार १ सय ४३ किलो ३ सय ग्राम लागूऔषधसहित तीन जना युवालाई प्रकाउ ग-यो । विशेष सूचनाका आधारमा मनहरीबाट हेटांैडातर्फ आइरहेको ना१ख ९९१० नम्बरको कन्टेनर गाडी हेटौंडा उपमहानगर–११ थाना भ-याङस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा चेकजाँच गर्दा चालक सिटपछाडि फल्स बटम बनाइ लुकाइछिपाइ ल्याएको १२ वटा पोकामा लागूऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीले गाडी चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सहचालक वडा नम्बर ८ मानेश्वरा बस्ने बस्ने २४ वर्षीय सोमे तामाङ र सोही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ गल्छराङ बस्ने १८ वर्षीय सविन तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पछिल्लो साता दैनिक गाँजा बरामद गर्दै आएको प्रहरीले १ सय ७८ किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार बिहीबार १ सय २० किलो ९ सय ग्राम गाँजा, बोलेरो पिकअप गाडीबाट नियन्त्रणमा लिएको हो ।

मकवानपुर जिल्ला हेटौंडा उपमहानगर–५ रिलायन्स बोडिङ् स्कुल अगाडि प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडीबाट गाँजा बरामद गरेको हो ।

प्रहरीको मोबाइल गाडी देखेपछि चालक पिकअप गाडी रोकी फरार भएको प्रहरीले जनाएको छ । सोही दिन ५७ किलो ९ सय ग्राम गाँजा, बोलेरो पिकअप गाडीबाट बरामद गरेको छ । गाँजासँगै दुई युवा प्रहरी नियन्त्रणमा छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ पिपल चौतरा पूर्वपश्चिम सडकखण्डस्थित चितवनबाट बारा जाँदै गरेको ना४च ५०१५ नम्बरको बोलेरो पिकअप गाडीबाट सो परिणममा गाँजा बरामद गरेको हो ।

चालक चितवन जिल्ला राप्ती नगरपालिका–६ बस्ने २६ वर्षीय सञ्जय चौधरी र सोही गाडीमा सवार ४८ वर्षीय लालजी साहलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

यसैगरी, अवैध लागूऔषध गाँजा तस्करी गर्न प्रयोग गरिएको अटोसहित तीन युवालाई जिल्ला प्रहारी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौंडा आउँदै गरेको अटो नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना२ह ३४६८ नम्बरको अटो चेकजाँचक्रममा अटोभित्र लुकाइल्याएको गाँजा १० किलो ७ सय ४० ग्राम फेला परेको थियो । अटोचालक मकवानपुर राक्सिराङ गाउँपालिका–८ बस्ने २६ वर्षीय सुदीप मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको मकवानपुर प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

सुधार केन्द्रमै फेला प-यो गाँजा
लागूऔषध प्रयोगकर्तालाई लत छुटाउन सेवा प्रदान गर्दै आएको हेटौंडा–९ स्थित दीपकला सुधार केन्द्रमै गाँजा भेटिएको छ । आइतबार नै मकवानपुर प्रहरी र जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएको अनुसन्धान टोलीले हेटौंडा–९ लामसुरेबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा–९ स्थित दीपकला प्रतिष्ठान सुधार केन्द्रमा अनुगमन क्रममा सञ्चालक बस्ने कोठा तलासी गर्दा अवैध गाँजा भेटिएपछि दुई जनालाई नियन्त्रणमा लिइएको छ । केन्द्र सञ्चालक मकवानपुर हेटौंडा–४ का ३५ वर्षीय राजीव नरसिंह श्रेष्ठ र हेटौंडा–९ बस्ने २८ वर्षीय जोएल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्लामै गाँजा उत्पादन
मकवानपुर लागूऔषध गाँजा उत्पादनको ‘हब’ मानि“दै आएको छ । लगातार प्रहरीले बरामद गरेको गाँजा जिल्लाकै पश्चिमी क्षेत्रमा उत्पादित हुन सक्ने आशंका गरिएको छ ।

जिल्लाको पश्चिम क्षेत्र कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाको धेरैजसो क्षेत्रमा गाँजा खेती हुने गरेको छ । प्रहरीले ब्याडमै पुगेर गाँजा नष्ट गर्ने अभियान चलाउँदासमेत हरेक वर्ष उत्पादनमा कमी आएको छैन ।

विकट पाखोबारीमा व्यावसायिक रूपमा गा“जाखेती गरि“दै आएको छ । स्थानीय सरकार तथा प्रशासनले गाँजा खेतीको विकल्पको खोजी नगर्दा र भरपर्दा आधार तय गर्न नसक्दा कृषक गाँजा खेती उन्मुलनमा तयार देखिएका छैनन् । जसका कारण प्रत्येक वर्ष ग्रामीण भेगका युवा गाँजा तस्करको ‘केस’मा कारागार पुग्ने गरेका छन् ।

कोरोनका कारण निषेधाज्ञा जारी गरेपछि ठूला गाडी सञ्चालनमा रोक लगाइएको थियो । तर, गत १ असारबाट निषेधाज्ञामा केही खुकुलो पारिएसँगै सबैखाले सवारीमा गाँजा तस्करी बढेको छ ।

प्रहरीको ड्युटीमा शंका
जिल्ला प्रहरी कार्यालयका अनुसार ना२ख ५५७९ नम्बरको कन्टेनर ट्रकमा गाँजा लोड गरेर मकवानपुर मनहरी गाउँपालिका हु“दै हेटौंडा आइपुगेपछि नियन्त्रणमा लिइएको थियो । जबकि यसबीच आधा दर्जन प्रहरी चेक प्वाइन्ट छन् ।

मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित प्रहरीचौकी, इलाका प्रहरी कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय नेवारपानी र प्रहरी चौकी लेवटसमेत पार गरेर हेटौंडा आइपुगेको गाँजा प्रहरीले नियन्त्रण गरेपछि ड्युटीबारे शंका गर्न थालिएको छ ।

सो कन्टेनरबाट गाँजासहित पक्राउ पर्नेमा कन्टेनर चालक मनहरी गाउँपालिका–६ का २५ वर्षीय सन्तोष आलेमगर, सहचालक सोही स्थानका २१ वर्षीय मोसा घलान छन् ।

यसैगरी, कैलाश गाउँपालिका–८ का २४ वर्षीय उमेश लामा र सोही वडाका २९ वर्षीय रोशन मुक्तान र चितवन राप्ती नगरपालिका–२ का ३१ वर्षीय विष्णु लामा पक्राउ परेका थिए ।

निषेधाज्ञाको फाइदा उठाएर प्रहरी ‘सेटिङ’ मिलाउँदै गाँजा ओसारपसार भएको अनुमान गरिएको छ । यद्यपि, यसबारे प्रहरीले अनुन्धान जारी राखेको छ ।

युवा तस्कर हुन् कि भरिया ?
प्रहरीले गाँजा तस्करमा सहभागी भएको आधारमा दैनिक औसत तीन जनासम्मलाई नियन्त्रणमा लिने गरेको छ । लागूऔषध कारोबार गरेको आधारमा उनीहरूलाई कानुनी कारबाही हुनेछ । ‘युवावर्गको सहभागिता किन गैरकानुनी क्षेत्रमा बढ्यो ?,’ भन्नेमा गम्भीर प्रश्न उठेको छ ।

शैक्षिक बेरोजगार बढ्दा र कोरोना महामारीका कारण नियमित आयआर्जनमा समस्या भएपछि युवा गाँजा तस्करमा प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।

के छ कानुनी प्रावधान
लागूऔषध नियन्त्रण–ऐन, २०३३ अनुसार गाँजा उत्पादन, तयार, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चयकर्तालाई परिमाण हेरेर ३ महिनादेखि १० वर्षसम्म कैद वा ३ हजार देखि १ लाख रुपैयाँसम्म जरिमाना हुने प्रावधान छ ।

ऐनअनुसार ५० ग्रामसम्मको गाँजा भए तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिमाना सजाय हुन सक्नेछ । ५० ग्रामदेखि ५ सय ग्रामसम्मको भए एक महिनादेखि एक वर्षसम्म कैद र १ हजार रुपैयाँदेखि ५ हजारसम्म जरिमाना हुनेछ ।

यसैगरी, ५ सय ग्रामदेखि दुई किलोग्रामसम्मको भए ६ महिनादेखि दुई वर्षसम्म कैद र २ हजार रुपैयाँदेखि १० हजारसम्म जरिमाना हुन्छ । दुई किलोग्रामदेखि १० किलो (ग्रामसम्मको भए एकवर्षदेखि तीन वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजारसम्म र १० किलोग्रामदेखि माथि जतिसुकै भए पनि दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिमाना हुने प्रावधान छ । राजधानी दैनिक मा सरिता दाहाल