palung-campus-1612448275.jpg
Saturday, 6th March, 2021
वि.स.

२५ वर्षमा ‘समृद्ध नेपाल–सुखी नेपाली’को लक्ष्य

National-planning-1612233877.jpg

राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले यस्तो अवधारणापत्र पारित गरेको हो ।

आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपालीको’ यात्राले गति प्रारम्भ गरिसकेको बताए । उनले दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक हासिल गर्न सबै पक्षले इमानदारिताका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको समृद्धि र सुखको आकांक्षा सम्बोधन हुनेगरी योजना तर्जुमा गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिए ।

आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले आयोगको पूर्ण बैठकमा यस्तो अवधारणा पारित भएको जानकारी दिए । उनका अनुसार अवधारणापत्रले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त स्वस्थ्य, शिक्षित, मर्यादित नागरिक बस्ने मुलुकका रूपमा समेत नेपाललाई रूपान्तरण गर्ने लक्ष्य राखेको हो ।

आयोगले अवधारणापत्रमा संविधानको भावना, राजनीतिक दलको घोषणापत्रमा उल्लेख भएका दीर्घकालीन सोच र योजनाको कार्यान्वयनमा जोड दिनेसमेत सो अवधारणापत्रमा उल्लेख गरेको छ । यसले तीव्र आर्थिक वृद्धि, स्थायित्वका माध्यमबाट विकासशील र मध्यम आय भएको राष्ट्र हुँदै दीगो विकास लक्ष्य प्राप्त हुनुका साथै समुन्नत राष्ट्रमा रूपान्तरण हुनेसमेत उल्लेख गरेको छ ।

यस अवधारणापत्र अनुसार नेपाल आगामी २०७९ सालमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ । त्यस समयसम्म प्रतिव्यक्ति आय भने १४ सय डलर पु¥याउने लक्ष्य छ । यो लक्ष्य भने निकै चुनौतीपूर्ण हुनेछ । किनकि अहिले नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर मात्र रहेको छ । सरकारले सन् २०२१ मा भने उच्च आय भएको मुलुकमा रूपान्तरण हुने बताएको छ । त्यसबेला नेपालीको प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुग्ने भएको छ ।

वर्तमान सरकार आएसँगै सबैभन्दा बढी घन्काइएको नारा हो । समृद्ध नेपाल (सुखी नेपाली । तर, यसको लक्ष्य भेटाउन भने कम्तीमा पाँच आवधिक योजना अर्थात २५ वर्ष कुर्नुपर्नेछ । योजना आयोगका अनुसार यो लक्ष्य प्राप्तमा तीन चरणको विकास अवधि तोकिएको छ । चालू १५औं योजनाले समृद्धि र सुखको आधार बनाउने भएको छ । १६औं र १७औं आवधिक योजनाले समृद्धि र सुखलाई तीव्रता दिने बताइएको छ । सो अवधिमा दीगो विकासका लक्ष्यसमेत प्राप्ति भइसक्ने प्रक्षेपण आयोगको छ ।

१८औं र १९औं योजनाले भने समृद्धि र सुखलाई दिगोपनः दिने अवधारणापत्रको सार रहेको छ । यस अवधिमा कृषि, उद्योग र सेवा क्षेत्रको परिष्कृत र आधुनिकीकरण गर्दै अर्थतन्त्रको संरचनामै परिवर्तन गर्ने लक्ष्य राखिएको छ ।

सरकारले दीर्घकालीन सोच प्राप्तिमा कुल १० वटा लक्ष्य राखेको छ । जसमा समृद्धि हासिल गर्न चार र सुखी नेपाली बनाउन ६ वटा आधार राखिएको छ । आयोजना आयोगका अनुसार समृद्धि प्राप्तिमा उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तर आबद्धता एवं उच्च र दिगो उत्पादन तथा उत्पादकत्व रहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलका अनुसार सुखी नेपाली बनाउन भने परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन सबल लोकतन्त्र र राष्ट्रिय एकता, सुरक्षा र सम्मान रहेका छन् ।

यसैगरी, सरकारले यी लक्ष्य प्राप्तिमा दोहोरो अंकको आर्थिक वृद्धि गर्ने बताएको छ । जसअनुसार १० दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हुने उल्लेख छ । निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई शून्यमा झार्ने, बहुआयामिक गरिबीको रेखामुनि रहेको जनसंख्या ३ प्रतिशतमा झार्ने, श्रम सहभागिता दर ७२ प्रतिशतमाथि लैजाने, रोजगारीमा औपचािरक क्षेत्रको हिस्सा ७० प्रतिशत माथि पु¥याउने लक्ष्यसमेत राखिएको छ ।

त्यसैगरी, विद्युत्मा शतप्रतिशत परिवारको पहुँच, ऊर्जा उत्पादन (जडित क्षमता) ४० हजार मेगावाट, इन्टरनेट शतप्रतिशत जनसंख्यामा पु¥याउनेसम्मका महŒवाकांक्षी लक्ष्य राखेको छ । ९९ प्रतिशत जनसंख्यालाई यातायातको न्यूनतम ३० मिनेटको दूरीभित्रै राख्ने, शतप्रतिशत जनसंख्यालाई सामाजिक सुरक्षामा आबद्ध गर्ने, ९५ प्रतिशत जनसंख्यालाई उच्च मध्यम स्तरको खानेपानी सुविधा पु¥याउने समेत यस अवधारणापत्रको लक्ष्य छ ।

आयोगले तयार पारेको यस सोचमा सुशासन, विकास र समृद्धिमा संविधानको भावना, राजनीतिक दलको घोषणापत्रमा उल्लेखित दीर्घकालीन सोच र योजना कार्यान्वयन, तीव्र आर्थिक वृद्धि, आर्थिक, स्थायित्व र समसामयिक वितरण, विकासशील र मध्यम आय भएको राष्ट्र हुँदै दिगो विकास लक्ष्य प्राप्ति र समुन्नत राष्ट्रमा रूपान्तरण, कोभिड–१९ प्रभावित अर्थतन्त्रको पुनरोत्थान र रूपान्तरण एवं वित्तीय संघीयता र प्रदेश तथा स्थानीय तहबाट आर्थिक समृद्धिको आधार निर्माण अवधारणाका आवश्यकता र मार्गदर्शक सिद्धान्तका रूपमा राखिएको छ ।

कृषि, उद्योग र सेवाको क्षेत्रलाई परिष्कृत र आधुनिकिकरण गर्दै अर्थतन्त्रको संरचनात्मक रूपान्तरण गरिने लक्ष्य लिएको यस अवधारणाले दीर्घकालीन सोचको प्राप्तिका लागि १० वटा राष्ट्रिय लक्ष्य निर्धारण गरेको छ । समृद्ध नेपालतर्फ चारवटा र सुखी नेपालीतर्फ ६ वटा रहेका छन् । जसमध्ये समृद्धितर्फ उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआबद्धता एवं उच्च र दिगो उत्पादन तथा उत्पादकत्व रहेका छन् ।

सुखतर्फ परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन, सबल लोकतन्त्र, एवं राष्ट्रिय एकता, सुरक्षा र सम्मान निर्धारण गरिएको आयोगले जनाएको छ । राष्ट्रिय लक्ष्य र गन्तव्यको प्राप्तिको मापन गर्नका लागि १० वटा लक्ष्य र ७६ वटा खण्डीकृत सूचक निर्धारण गरिएको यस अवधारणामा आठवटा दीर्घकालीन राष्ट्रिय रणनीति, ९ वटा रूपान्तरणका संवाहक र ८ वटा सहयोगी क्षेत्रको पहिचान गरिएको छ । राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकलाई दीर्घकालीन सोचले खण्डीकृत रूपमा उल्लेख गरेको आयोगले जनाएको छ ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले योजनाको कार्यान्वयन र प्रगतिको समीक्षाका लागि निरन्तर अनुगमन र मूल्यांकलनमा जोड दिन सुझाव दिए । यसैगरी, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दस्तावेजले दीर्घकालीन सोच बनाउँदा केन्द्रबिन्दुमा जनतालाई राख्नुपर्ने । तिनको जीवनस्तर सुधारमा ध्यान पु¥याउनुपर्ने र स्रोत साधनको सन्तुलित वितरणलाई प्राथमिकता दिनेमा जोड दिए । सो बैठकमा सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थसचिव शिशिरकुमार ढुंगानी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकारलगायतले राय सुझाव दिएका थिए ।

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)