nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१६ डीआईजी र १५ एसएसपीकाे सरुवा

Home-1624330102.jpg

नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र १५ एसएसपी सरुवा स्वीकृत गरेपछि प्रहरी प्रधान कार्यालयले सरुवाको सूची सार्वजनिक गरेको हो ।

जसअनुसार सातै प्रदेशको नेतृत्वमा रहेका, सीआईबीमा रहेका र अन्यत्र रहेकासमेत गरी १६ डीआईजीको सरुवा गरिएको छ । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा धिरजप्रताप सिंह आएका छन् । उनी प्रदेश २ प्रहरी कार्यालयमा प्रमुख थिए ।

यसैगरी, प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा डीआईजी अरुणकुमार बिसीलाई पठाइएको छ । प्रदेश २ मा उमेश रन्जितकारको सरुवा भएको छ । यस्तै, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रकाशजंग कार्की पुगेका छन् ।

यसैगरी, गण्डकीमा दिवेश लोहनी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा मुकुन्द आचार्य, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलमा पुरुषोत्तम कँडेललाई पठाइएको छ । प्रदेश १ मा रहेका डीआईजी ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालय नक्साल ल्याइएको छ ।

यस्तै, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा रहेका डीआईजी वसन्त लामा प्रहरी महानिरीक्षकको सचिवालमा आएका छन् । यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालयमा प्रमुख रहेका घनश्याम अर्यालको विशेष ब्युरोमा सरुवा भएको छ ।

यसैगरी, लुम्बिनीमा रहेका रवीन्द्र धानुकको प्रधान कार्यालयमा रहेको कार्य एवं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै, कर्णालीमा रहेका वसन्त पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ल्याइएको छ ।

यस्तै, सुदूरपश्चिम प्रहरी कार्यालयमा रहेका डीआईजी उत्तमराज सुवेदीको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सीआईबीका सहकुल थापालाई प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय निर्देशनालय लगिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका प्रकाश अधिकारीको मानव स्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।

१५ एसएसपी को कहाँ सरुवा ?
प्रधान कार्यालयले सोमबार नै एसएसपीहरूको पनि सरुवा गरेको हो । सरुवा सूचीअनुसार नेपाल प्रहरी प्रदेश कार्यालय बनेपामा रहेका एसएसपी उमेशराज जोशीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा भएको छ ।

यसैगरी, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट एसएसपी मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।

यस्तै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर रहेका श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ ।

एसएसपी कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको अन्वेषण योजना तथा विकास निर्देशनालय र टेकबहादुर तामाङलाई १ नम्बर प्रदेश कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ ।

यस्तै, नलप्रसाद उपाध्यायलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल, राजेन्द्रप्रसाद चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पु-याइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका एसएसपी दीपक थापालाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुर शान्ति सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।

चन्द्रकुवेर खापुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विक्रमबहादुर चन्दलाई डोटी र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा गरिएको छ । राजधानीबाट