nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौडा कपडा उद्योग सञ्चालन हुने

Hetauda-Kapada-Udhyog-1484383312.jpg

सरकारले हेटाैंडा कपडा उद्योग पुनः संचालनमा ल्याउने भएको छ ।

उद्योग मन्त्री नविन्द्रराज जोशीले हेटौंडा कपडा उद्योगलाई संचालनमा ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिएका हुन् ।

सिंहदरबारस्थित आफनै कार्यकक्षमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जोशीले स्वदेशी बस्तुको गुणस्तरीय उत्पादनमा जोड दिन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे । उनले स्वदेशी बस्तुको प्रयोग गर्न पनि सबैलाई आह्वान गरेका छन् । स्वदेशी बस्तुको प्रयोग भए मात्रै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने मन्त्री जोशीको भनाई छ ।

मन्त्री जोशीले कतिपय स्वदेशी बस्तुको मूल्य बढि भएका कारण उपभोक्ताहरुले विदेशी बस्तुको प्रयोग गर्न बाध्य भएको उल्लेख गर्दै अव त्यसो हुन नदिने उपायको खोजीमा सरकार लागिपरेको पनि बताए ।