nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा संघीयताको अभ्यासः पहिलो बैठकका पाँच एजेण्डा
पहिलो बैठकले सभामुखको चुनावको मिति तोक्ने

Hetauda-3-1517423614.jpg

प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक विहीबार दिउँसो १ बजे हेटौंडामा सुरु हुँदैछ । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छ, जसमा ५ वटा एजेण्डा तय गरिएका छन् । नयाँ संविधान अनुसार मुलुक संघीयतामा गइसकेपछि गठन भएको प्रदेशसभाको पहिलो बैठक हेटौडाबाट सुरु हुन लागेको हो । देशभरिका ७ वटा प्रदेशमध्ये ऐतिहासिक पहिलो बैठक बसाउन प्रदेश नम्बर ३ अरुभन्दा अगाडि देखिएको छ ।

नेपालको इतिहासमै प्रदेश संसदको बैठकको अभ्यास हुन लागेको यो पहिलो घटना हो । केन्द्रीय संसदमा जस्तै गरी प्रदेशमा पनि संसद चल्न थालेपछि देशैभरि यो नौलो परिघटनालाई आम जनमानसले उत्साहका साथ हेरिरहेका छन् । बुधबार संसद सचिवालयका कर्मचारीहरूको उपस्थितिमा पहिलो बैठकको पूर्वअभ्यास समेत गरिएको छ ।

प्रदेश ३ को प्रदेशसभा बैठक बिहीबार हुनेछ भने प्रदेश १ को बैठक माघ २२ गते, प्रदेश २ को २१ गते र प्रदेश ४ को पहिलो बैठक माघ २२ गते तोकिएको छ । त्यस्तै प्रदेश ५ को माघ २१ गते, प्रदेश ६ को माघ गते र प्रदेश ७ को पहिलो बैठक माघ २१ गते तोकिएको छ ।

यस्तो छ हेटौडा बैठकको कार्यसूची

प्रदेश ३ को संसदका सचिव डा. रोजनाथ पाण्डेका अनुसार विहीबार बस्ने बैठकले प्रदेशसभाका सभामुखको निर्वाचनको मिति तय गर्ने छ ।

बैठकको सुरुमा संसदको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य (सभामुख) ले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्नेछन् ।

दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ ।

त्यसैगरी कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने मानीनय सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ ।

बैठकको अन्तिममा अन्तरिम कार्यविधि २०७४ को दफा (६) को उपदफा -१ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ ।

प्रदेशसभाको बैठकमा भाग लिन ३ नम्बर प्रदेशका १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौडामा भेला भइसकेका छन् । बैठकको कभरेजका लागि काठमाडौंबाट ठूलो संख्यामा सञ्चारकर्मीहरु हेटौडामा जम्मा भएका छन् ।

प्रदेशको अस्थायी राजधानी हेटौडालाई तोकिएपछि उपत्यकाका सरोकारवालाहरु पनि राजधानी बाहिर निस्किन बाध्य बनेका हुन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै यस प्रदेशमा सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला समेटिएका छन् ।

प्रदेश ३ मा ११० सदस्यीय संसद छ । यो सातै प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा हो ।

यो प्रदेशसभामा एमालेको एकल बहुमत छ भने संसदमा कांग्रेस, एमाले, माओवादी, विवेकशील साझा, नयाँशक्ति, राप्रपा, नेमकिपा र राप्रपा प्रजातान्त्रिक समेत ८ दलको प्रतिनिधित्व छ ।

अनलाईनखबरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)