.-1624118193.jpg
Sunday, 20th June, 2021
वि.स.
33-1624076000.jpg

स्थानीय तहलाई मन्त्रालयको पत्र : 'निषेधाज्ञामा अत्यावश्यक सेवा बन्द नगर्नु'

 संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई ९ बुँदे परिपत्र जारी गरेको छ । मन्त्रालयले संघीय सरकारको तर्फबाट ७ सय ५३ वटै स्थानीय तहलाई ९ वुँदे परिपत्र जारी गरेको हो ।

मन्त्रालयले स्थनीय तहलाई कोभिड–१९ महामारीलाई नियन्त्रण तथा रोगथाम गर्नको लागि आवश्यक पर्ने सबै कार्यगर्न भनिएको छ । जसमा जनचेतना जगाउन, अहावश्यकता अनुसार निसंक्रमण गर्नको लागि स्प्रेस गर्नेलगायतको व्यवस्था गर्न भनिएको छ ।

जनस्वास्थ्यको मापदण्डलाई माइकिङ, विद्युतीय माध्यमलगायत प्रभावकारी माध्ययमको प्रयोग गर्न भनिएको छ । त्यस्तै निषेधाज्ञाको अवधिमा कार्यालयबाट प्रदान गर्नुपर्ने अत्यावश्यक सेवालाई नरोक्न स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई उपयुक्त व्यवस्था गर्न भनिएको छ ।

मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा आवश्यक विवरण नियमित रुपमा प्रविष्ट गर्न पनि भनिएको छ । आपूर्ति व्यवस्थालाई नियमित गर्न र अति आवश्यक सामग्रीको कृतिम अभाव हुन नदिन सबै निकायसँग समन्वय र सहयोगमा नियमित बजार अनुगमन गर्न भनेको मन्त्रालयले जनाएको छ ।

कोभिड नियन्त्रण तथा रोगथामको लागि प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गर्न र उपलब्ध स्रोत साधानको परिचालनमा मितव्ययीता अपनाउन पत्रमा भनिएको छ ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)