nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सातै प्रदेश राजधानी प्रस्ताव भयो, यसकारण हेटौंडा राजधानी हुन सकेन

सरकारले नेपालको सातैवटा प्रदेशको राजधानी प्रस्ताव गरेका छ । अस्थायी मुकामको लागि सरकारले प्रदेश नंबर ३ को अस्थायी राजधानी भक्तपुरको ठिमिलाई प्रस्ताव गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सहरी विकास मन्त्रालयले सातओटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।
मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताए । उनकाअनुसार प्रदेश नम्बर–१ को विराटनगर, प्रदेश नम्बर–२ को जनकपुर, प्रदेश नम्बर–३ को भक्तपुरको ठिमी, प्रदेश नम्बर–४ को पोखरा, प्रदेश नम्बर–५ को दाङ, प्रदेश नम्बर–६ को सुर्खेत र प्रदेश नम्बर–७ को धनगढी अस्थायी मुकाम प्रस्ताव गरिएको छ ।

सहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो । मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो । ‘टोलीले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुन्छ भनेर पठाएपछि हामीले खाका तयार पारेका हौं’–प्रवक्ता पन्थीले भने–‘अब आवश्यक अध्ययनपछि मन्त्रिपरिषदको बैठकले ती प्रस्ताव गरेका मुकामलाई तोक्नेछ ।’

अस्थायीरुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ । संवैधानिकरुपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोक्न सक्नेछ । सहसचिव पन्थीले भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सन्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी सरकारमुकाम तोकिएको बताए । रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)