nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शिखरको ७ औं साधारण सभा

Sahakari-1511244132.jpg

थाहा नगरपालिका वडा नं. ३ मा  रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लि.को ७ औं   साधारण सभा शिखरकोट विकास घरमा सम्पन्न भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले पानसमा वत्ति वालि साधारण सभाको समुद्घाटन गरेका थिए ।   

थाहा नगरपालिका शिखरकोट स्थापना भई ७ वर्ष अघि संचालनमा आएको सहकारीले आर्थिक वर्ष २०७३÷०७४ को २ करोड ५४ लाख ३५ हजार ९ सय ३३ को कारोबारमा रु. १ लाख४३ हजार १ सय ८३ रुपैंया ५७ पैसा खुद मुनाफा आर्जन गरेको छ ।

वार्षिक साधारण सभाका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष मधुसुदन विष्टले संस्थाको वार्षिक प्रतिवेदन तथा भावि निति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको थियो ।   
कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थाहा नगर विकास तथा आर्थिक विकासको यहाँको सहकारीहरु मिलि समग्र नगरको विकास संभव   रहेको बताए । ७ औं साधारण सभाको अवसरमा सहकारीले ‘कला संस्कृति देशको पहिचान यसको  संरक्षण हाम्रो अभियान’ भन्ने नाराको साथ थाहा नगरको कला स“स्कृतिमा योगदान पु¥याउने थाहा कला केन्द्रलाई सम्मान गरेको छ । थाहा नगरपालिका ३ निवासी फरक क्षमता भएका शारिरिक रुपले अपाङ्ग सिकर्मी तथा डकर्मी कार्य गर्ने सानँेभाई भुजेल लाई प्रशंसा पत्र प्रदान गरेको छ । 

साधारण सभामा सहकारी संस्थाका सचिव सहदेव ढकाल,  लेखा समिति संयोजक जयन्ति रायमाझीले आफ्नो आफ्नो तर्फबाट संस्थाको वार्षिक प्रतिवेदन शभा समक्ष प्रस्तुत  गरेका थिए । 

थाहा नगरपालिका वडा नं. ३ को अध्यक्ष राजेश के.सी.को विशेष आतिथ्यतामा भएको कार्यक्रममा जनमुखी अभियान प्रा.लि.का अध्यक्ष अरुण रायमाझी, मकवानपुर  बचत तथा ऋण सहकारी संघका संचालक तथा पालुङ बहुद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष विमल कुमार ढकाल, थाहा स्वास्थ्य सहकारी संस्था लि.का अध्यक्ष हरिकृष्ण कार्की, पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका सचिव रामकुमार कार्की, ग्रामिण पर्यटन सहकारी संस्था लि. का अध्यक्ष निरन्जन अधिकारी, लालीगुरास महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रिता प्रधान, शान्तिपुर दैनिकका प्रकाशक तथा सम्पादक कुमार नेगी, थाहा नगरका विभिन्न संचारकर्मीहरु तथा नगरका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाज्ञको उपस्थिती रहेको थियो ।