nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विक्रमकाे अधुरो सपना सार्वजनिक

चितवनमा बसेर मोडलिङमा संघर्षरत मोडल बिक्रम कँडेल बिस्तारै चर्चामा पुग्न थालेका छन् ।करिब आधा दर्जन म्युजिक भिडियो र दुई वटा चलचित्रमा अभिनय गरेका बिक्रमको नया भिडियो सार्वजनिक भएको छ ।’अधुरो सपना रह्यो’बोलको सार्वजनिक गीतमा विक्रमले अभिनय मात्रै हैन यसपाली सो म्युजिक भिडियोलाई आफैले निर्देशन समेत गरेका हुन् । विक्रम आफ्नो जिन्दगि नै मोडलिङ र चलचित्रमा लाग्ने विचार भएकोले नै विक्रमले निर्देशनमा पनि हात हालेको विकासखबरसंगको कुराकानीमा बताए ।सार्वजनिक भिडियोमा रमेश दुवाडी र अनु गुरुङको स्वर रहेको छ भने शब्द रमेश दुवाडीको नै रहेको छ ।प्रेम शर्मा पौडेलको सम्पादन रहेको यस भिडियोलाई सन्तोष सुनारले छायांकन गरेका हुन् ।गीतमा राधिका थापा ,बिक्रम कंडेल र अभि श्रेष्ठको अभिनय रहेको छ ।

 





15401257_1653120004988368-1481959913.png