nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लकडाउन अवधिमा आखिर हामी के सोच्दै छौ ?
सुजन रायमाझी 

बिश्वब्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ उर्फ कोरोना भाइरस विरुद्धको लडाइमा सबै राष्ट्रहरु आफ्नो ठाउँबाट लडिरहेका छ्न । त्यसमध्ये हाम्रो देश नेपाल पनि पर्दछ। सामाजिक दुरी कायम राखेर भाइरसको प्रकोपलाई निर्मुल पार्न सरकारद्वारा गरिएको लकडाउन दुई महपना पुग्नै लाग्यो । 

प्राय सबैजना यो अबधिमा घरमा नै बसेर कोरोना विरुद्ध लडिरहेका छौ । यसबिचमा धेरै मान्छेहरुले आफ्नो रोजगार गुमाउन परेको छ त कसैले आफ्नो व्यवसाय डामाडोल भएको हेर्न बाहेक अरु विकल्प नरहेको स्थित छ । यसबिचमा चारैतिर निराशा बाहेक अरु केहि नजर नआएको अबस्था छ । अब हामी सधैभरी के निराशा भएर नै बस्ने हो त ? तर तेसो हैन,हो मान्छौ माहोल ठिक छैन पुरै संसारकै अर्थ व्यवस्था थिलथिलो भएको छ । कयौ मानिसले आत्महत्या समेत गरिरहेको समाचार देखी र सुनिरहेका छौ । मानौ, कुनै काम नभएकोले हाम्रो आर्थिक अबस्था नाजुक हुँदै गइरहेको छौ तर यसको मतलब निराशमात्र हुन पर्छ भन्ने हैन । जागिर गुमाएउ त के भयो खाली समय त छनी। यी समयको खेर नफाली अब आउने दिनमा कसरी आफुलै निर्भर बनाउने अनि कसरी आफुलाई फिट एन्ड फाइन बनाउने ताकी म अर्को कुनै कामको लागि तयार रहौ। 

यसरी आफुले आफुमा सकारात्मक सोचको विकास गर्न जरुरी हुन्छ। यो समय आफ्नो परिवारसंग बिताउन पाउनु त्यो पनि आफुलाई भाग्यशाली ठान्नु पर्छ । दिनदिनै हामी यो लकडाउनको कारणले चाहिने भन्दा बढी सोचेर आफुलै डिप्रेसन, फ्रस्ट्रेसनको सिकार बनाइरहेका छौ । यो बेला नकारात्मक सोचको बिकास कत्ती पनि गर्नु हुन्न सधै झै सकारात्मक सोचको उदय गराउनु जरुरी छ । कालो रातपछिको सुनौलो बिहानी भने झै यो महामारी केही छिनको लागि हो यस विरुद्ध लड्नमा साथ दिएर अगि बड्न जरुरी छ । बिस्तारै सबै सामान्य हुँदै जाँदै छ र बिश्वास छ यो महामारीको अन्त्य छिटै हुनेछ।

अझै लकडाउन कहिले पुर्णरुपमा खुल्छ भन्ने टुंगो नभएको कारण हामी सबैजना निराश भनेको अबस्था छ। अब हामिले यो खाली समयमा के सिक्यौं त ? केही पाउन केही गुमाउनु पर्छ भने छै जागिर त गुमायौं  तर हामी के त्यस्को बद्ला के पाएउ त ? अवश्स्य हामिले खाली समय पायौं, सबैभन्दा शक्तीशाली समय पायौं । त्यसैले यो खाली समय हामिले अब आउने दिनहरुको सामनाको लागि कसरी तयार हुँदै छौ त ? के अब हामी पहिला जस्तै फर्तिलो हुन सक्लौ ? अहिले घर बसेर अल्छी भएका छौ । भुँडी लागेको छ, २४ घण्टा सुतिरहेका छौ के अबको केही दिनमा हामी पहिले झै तन्दुरुस्त हुन सक्लौ त ? के हामी अब अर्को कामको सुरुवातको लागि शारीरिक तथा मानसिक रुपमा तयार छौ त ?

अनेकौ सवालहरु आइरहेको छ । अब हामीले आफुलाई सर्बप्रथम त मानसिकरुपमा बलियो बनाउन जरुरत छ। `In every end, there is a new beginning´ भनेझै काम गुमाएका, व्यवसाय डामाडोल भएकालाई म खुद जागिरबाट मार खाएको हुँदा यो अपिल गर्न चाहन्छु कि आफुलाइ कम्जोर नसोची पुनः फिल्डमा नयाँ जोश र जागर लिएर उतिर्नु पर्छ र त्यो जागर बनाइराख्न हामीले यो फ्री समयमा आफुलाई शारीरिक अनि मानसिकरुपमा यथावत राख्न योग, कसरत अनि स्वच्छ खाने कुरा खाने । बिश्वब्यापी आर्थिक अपडेट लिइराख्ने । कोहि अनलाइन फिल्डमा सकृय छौ भने त्यही अनुसार आफुले आफ्नो आयआर्जनलाई बढावा दिने । अनि, जुन विद्यार्थीले आफ्नो कलेज स्कुल छोडेर या परिक्षा कुरेर बस्न परेका छ्न उनीहरुले परीक्षाको लागि ज्यान लाएर तयारी गर्ने अनि जो अर्को शैक्षिकसत्रको भर्ना कुरिरहेका छन उनीहरु अब माथिल्लोे कक्षाको तयारी गरेर आफुलै त्यो बेलासम्म सबै विषयमा फिट बनाउने तिर लाग्नु पर्छ।

त्यसैले आफ्नो बहुमुल्य समयको खेर नफाली आफुलाई सधैझै अब आउने दिनको लागि तयार राखौं, सकारात्मक सोचौं सकारात्मक बनौं । जय नेपाल।

धन्यवाद ।

लेखक रायमाझी थाहा ४ मकवानपुरका बासिन्दा हुन भने हाल रोजगारको क्रममा दुबई, युएईमा छन् ।