nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राजश्व छुट सम्बन्धी मापदण्ड स्वीकृतः नगरपालिकालार्इ दुईवटा एम्बुलेन्स खरिदमा छुट

ambulance-1540871216.jpg

अब महानगरपालिका, उपमहानगरपालिकाले तीन वटा र नगरपालिका, गाउँपालिकाले दुई वटा एम्बुलेन्स भन्सार छुटमा खरिद गर्न पाउने भएका छन्। मन्त्रिपरिषद्ले एम्बुलेन्समा राजश्व छुट सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गर्दै स्थानीय तहले राजश्व छुटमा एम्बुलेन्स खरिद गर्न पाउने व्यवस्था गरेको हो । उक्त मापदण्डअनुसार अब स्थानीय तहमा महानगरपालिका र उपमहानगरपालिकाले तीन वटासम्म एम्बुलेन्स राजश्व छुटमा खरिद गर्न पाउने भएका छन्। त्यसैगरी नगरपालिका र गाउँपालिकाले दुईवटासम्म एम्बुलेन्स राजश्व छुटमा खरिद गर्न पाउने छन्।

 यो सीमा स्थानीय तहको जनसंख्या, भौगोलिक बनावट, सञ्चालन क्षमता आदिका आधारमा निर्धारण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मापदण्ड जारी भएसँगै यसअघि राजश्व छुटमा खरिद गरिएका एम्बुलेन्सलाई पनि यसै मापदण्डअन्र्तगत राखिनेछ। मापदण्डअनुसार स्थानीय तहलाई उपलब्ध गराइएको एम्बुलेन्स दुर्घटनामा परी सञ्चालन हुन नसक्ने अवस्थाबाहेक ५ वर्षसम्म अर्को एम्बुलेन्स छुटमा खरिद गर्न नपाइने व्यवस्था गरिएको छ। एम्बुलेन्स खरिदका लागि सरकारले भन्सार छुट दिएपछि त्यसको दुरुपयोग बढेपछि एम्बुलेन्स खरिदमा सीमा निर्धारण गरिएको हो।

स्थानीय तहले आफूले राजश्व छुटमा खरिद गर्न पाउने कोटाको एम्बुलेन्स खरिद गर्नका लागि अनिवार्य रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृती लिनुपर्नेछ। स्थानीय तहले भन्सार छुटमा एम्बुलेन्स खरिद गरेपछिको विवरण मन्त्रालय र भन्सार विभागले राख्नुपर्नेछ।
नागरिक दैनिकमा समाचार छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)