nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

यो हो, होटल चलाउने सहकारी !

Sahakari-Ko-Hotel_iNEoJal-1615599407.jpg

म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक पर्यटन गतिविधि सञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण –५ खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको होटल सञ्चालक तथा उद्धार पर्यटन सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए । सहकारी मार्फत सञ्चालनमा ल्याइएको उक्त होटल नेपालकै पहिलो र नयाँ अवधारणामा ल्याइएको होटल भएको अध्यक्ष पुनको भनाई छ । 

त्यसो त सहकारीले पर्यटनको लाभ समुदायमा पु¥याउने उद्देश्यले नै अन्नपूर्ण संरक्षित क्षेत्र पदमार्गमा सो होटल सञ्चालनमा ल्याएको हो । यसको कन्सेप्टर अर्थात् अवधारणाकार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन हुन् ।
‘हामीले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणा अनुसार नेपालमै पहिलो सहकारीबाट होटल चलाएका हौं । यसको लाभ समुदायमा नै वितरण गर्ने हाम्रो साझा लक्ष्य हो’ पुनले भने । 

अध्यक्ष पुनका अनुसार होटल सञ्चालनसँगै अन्नपूर्ण क्षेत्रको पाउद्वारलाई केन्द्रित गर्दै वरपरका पर्यटकीय स्थलहरूलाई समेत समेटेर नयाँ पदमार्ग सञ्चालन गर्ने योजना सहकारीले बनाएको छ । । यसअघि पाउद्वार मावि र हिमाञ्चल माविले खोपारा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो । 

होटलका संरचनाको मूल्यांकन गरेर २५ प्रतिशत पाउद्वार माविका निजी स्रोतका शिक्षकको तलबका लागि अक्षयकोष बनाउने सम्झौता समेत भएको छ । अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक दर्ता भएको सहकारीमा हाल पाउद्वारका एक सय २३ जनाले ८८ लाख रुपैयाँ सेयर लगानी गरेका छन् । गाउँमा बचत, ऋण लगानी र आर्थिक क्रियाकलापका साथै होटलमा जनशक्ति परिचालन गर्नेदेखि आम्दानी खर्चको विवरण सबै सहकारी मार्फत गरिने सहकारीले बताएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)