thahatimes-ad-thekka-1731652826.jpg
Wednesday, 22nd January, 2025
वि.स.

यस्तो बन्दैछ, थाहानगरको बज्रवाराही उच्च मावि [हेर्नुहोस् थ्रिडी चित्र सहित]

मकवानपुर थाहा नगरपालिकाको बज्रब्राराहीमा रहेको बज्रबाराही उच्च माविलाई  अत्याधुनिक शैलीमा बनाउनको लागि धार्मिक महोत्सव आयोजना गरिने भएको छ । विद्यालयले अब बन्ने भवन, कक्षा कोठा, कम्पाउण्डलगायतको डिजाइन नक्सा सार्वजनिक गरेको छ । सार्वजनिक नक्सामा व्यवस्थित खेल मैदानदेखि अत्याधुनिक प्रयोगशाला समेत समेटिएको छ । 

डिजाइन अनुरुपको संरचना तयार पार्न सक्दो प्रयत्नमा रहेको विद्यालयले जनाएको छ । राष्ट्रकै नमुना विद्यालयका रुपमा विकास गर्न र क्याम्पस संचालनका लागि सहयोग जुटाउने लक्ष्यका साथ् शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गर्न लागेको महोत्सव मूल आयोजक समितिका अध्यक्ष महेश्वर सुबेदीले जानकारी दिए । महोत्सव आगामी पुस १५ गतेदेखि २२ गतेसम्म तय गरिएको छ । 
हेर्नुहोस् विद्यालयको प्रस्तावित संरचना:


विद्यालयको थ्रिडी चित्र सौजन्य  : बज्रवाराही उच्च मावि, थाहानगर



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०