nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्ताे छ विप्लवकाे संगठन संरचना

सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले तात्कालीन नेकपा माओवादीले शुरु गरेको ससस्त्र बिद्रोह (जनयुद्ध) कै झल्को दिनेगरी संगठानिक संरचना तयार पारेको छ ।

देश संघीयतामा गएर संघीय सरकार बनेपनि विप्लवले भने अञ्चलको संरचना अनुसार संगठन निर्माण गरेको हो । २८ फागुनबाट प्रतिवन्धित सो पार्टीले २०५२ सालको भुमिगत नेकपा माओवादीकै झल्को दिनेगरी भूमिगत संगठन संरचना तयार पारेको जनाएको छ ।

प्रतिवन्ध लागेपछि पार्टीको सांगठानिक संरचना बदलेको नेकपामा विप्लव सवैभन्दा शीर्ष तहमा छन् । २४ वर्षअघि पुष्पकमल दाहाल (प्रचण्ड) झै महासचिवको हैसियतमा उनले नेतृत्व गरिरहदा पार्टीले पाँच सदस्यीय स्थायी समिति बनाएको छ ।

जहाँ महासचिव विप्लव, प्रवक्तासमेत रहेका खड्गबहादुर विक, हेमन्त प्रकाश ओली, धमेन्द्र बास्तोला र सन्तोष बुढामगर छन् । पार्टीका ३ वटा कमाण्ड छन् । पार्टीले सांगठनिक रुपमा देशलाई ३ भागमा विभाजन गरेको छ । यसमा पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिम कमाण्ड छन् ।

पूर्वी कमाण्डको इन्चार्ज पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ हुन् । पोलिटब्युरो सदस्यमा कमाण्डको इन्चार्ज हुने उनी मात्र हुन । उनले पार्टीको पूर्व कमाण्ड सम्हालेको नेकपाले जनाएको छ । खरो स्वभावका विरही सुरु देखि नै विप्लव समूहमा लागेका हुन् ।

मध्य कमाण्ड इन्चार्जमा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ हुन् । उनी विप्लवका विश्वास पात्रको रुपमा लिइन्छन् । अध्ययन र अनुसन्धानमा रुची राख्ने ओली पछिल्लो समयमा प्रचण्डलाई छोडेर विप्लवसँग मिलेका हुन । पार्टीका गतिविधिमाथि प्रतिवन्ध लगाएपछि विज्ञप्ति जारी गर्नेदेखि मिडियामा बोल्ने काम उनैले गरिरहेका छन् ।

पश्चिम कमाण्डको इन्चार्ज स्थायी सदस्य धर्मेन्द्र बास्तोला ‘कंचन’ छन् । उनी अध्ययन अनुसन्धान गर्ने नेतामा पर्छन् । माओवादी विद्रोहको समयदेखि नै विदेश विभाग प्रमुख भएर काम गरेका बास्तोला अहिले दुवै भूमिकामा छन् । उनी पश्चिम कमाण्डको इन्चार्ज र विदेश बिभाग इन्चार्ज हुन् ।

यस्ता छन् १७ ब्युरो 
कोशी

विप्लव नेतृत्वको नेकपाले १७ वटा व्युरो बनाएको छ । कोशी ब्युरोमा सुनसरी, भोजपुर, मोरङ र धनकुटा छन् भने ब्युरोको इन्चार्ज पुष्कर श्रेष्ठ हुन् ।

मेची

यो ब्युरोमा इलाम, झापा, पाँचथर, संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्ला समेटिएको छ । ब्युरोको इन्चार्जमा सुमन लिम्बु छन् । लिम्बु तात्कालीन नेकपा माओवादी सेनाका लडाकु हुन ।

सगरमाथा

यो ब्युरोमा ओलखढुङ्गा, खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्ला छन् । इन्चार्जमा दिपेश राई छन् । राईपनि पूर्व तात्कालीन नेकपा माओबादी सेनाका लडाकु हुन ।

जनकपुर

यो ब्युरोमा महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही र सिन्धुली जिल्ला छन् । यसको इन्चार्ज सन्देश पौडेल हुन् ।

पूर्वी ताम्सालिङ

काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखा यो व्युरोमा छन् जसको इन्चार्ज नन्दबहादुर बुढामगर ‘विजय’ हुन ।

नारायणी

यो ब्युरोमा बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन जिल्ला छन् । ब्युरोको इन्चार्ज चेतबहादुर पुन ‘चिरण’ हुन ।

पश्चिम ताम्सालिङ

यो ब्युरोमा रसुवा, धादिङ र नुवाकोट जिल्ला छन् । ब्युरो इन्चार्ज मोहनलाल चन्द ‘आधार’ छन् ।

उपत्यका

यो ब्युरोमा उपत्यकाका तीन जिल्ला छन् । ब्युरोको इन्चार्ज प्रज्वल श्रेष्ठ छन् ।

गण्डक

यो ब्युरोमा लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङजा र गोरखा भने ब्युरो इन्चार्ज सावित्री दुरा ‘आस्था’ छिन् ।

लुम्बिनी

यो ब्युरोमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, नवलपुर र गुल्मी जिल्ला छन् । जसको इन्चार्जको जिममेवारी चन्द्रबहादुर चन्द ‘वीरजंग’ लाई दिइएको छ ।

धौलागिरी

यो ब्युरोमा सल्यान, पर्वत, बाग्लुङ र म्याग्दी छन् । यसको इन्चार्जमा धुब्र घिमिरे छन् ।

राप्ती

यो ब्युरोमा रुकुम, रोल्पा, सुर्खेत, दाङ, प्युठान, पूर्वी रुकुम र सल्यान छन् । इन्चार्ज केस बहादुर बुढा हुन ।

कर्णाली

यो ब्युरोमा डोल्पा, जुम्ला, हुम्ला, कालिकोट र मुगु जिल्ला छन् । जसको इन्चार्जको जिम्मेवारी खम्बा बुढा ‘एटम बिसी’ लाई दिइएको छ ।

भेरी

यो ब्युरोमा बाँके, बर्दिया, जाजरकोट र दैलेख जिल्ला छन् । इन्चार्ज भने बलबहादुर ओली छन् ।

सेती

यो ब्युुरोमा सुदुरपश्चिमका पाँच जिल्ला छन् । बझाङ, बाजुरा, डोटी, अछाम र कैलालीजिल्ला समेटिएको यो व्युरोको इन्चार्ज शंकर खड्का ‘सिकन्दर’ हुन् ।

महाकाली

यो ब्युरोमा बैतडी, दार्चुला, डडेलधुरा र कञ्चनपुर छन् । यसको इन्चार्जमा रामप्रसाद तिमल्सिना छन् ।

अन्तर्राष्ट्रिय

नेकपाले बनाएको यो व्युरोको इन्चार्ज धर्मेन्द्र वास्तोला ‘कञ्चन’ हुन् ।

सैन्य विभाग

यो विभागको प्रमुखमा महासचिव विप्लव छन् । यसको संचालनमा जनरल स्टाफ छ । यसको सञ्चालन ७ अथवा ९ जनाले गर्छन । यो विभागभित्र अर्को प्राविधिक विभाग पनि छ । यसले उसले बनाएको सेनाभित्रको प्राविधिक काम गर्छ ।

पार्टीका अधिकांश ब्युरो इन्चार्जहरु रुकुम र रोल्पाका छन् ।

-शिलापत्रबाट साभार



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)