Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

education-1603181634.jpg

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयका उपसचिव विदुरराज गिरीले मङ्गलबार विज्ञप्ति जारी गरी ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाएका हुन् ।

उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ । मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न स्थानीय तहलाई आग्रह पनि गरेको छ । नयाँ पाठ्क्रमबारे पाठ्यक्रम विकास केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ । पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षक अभिमुखीकरणको तयारी गरेको छ ।रासस



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg