nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मोदीको ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली सम्पदा जोखिममा

Modi-1612146805.jpg

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा प्रचारित काशी विश्वनाथ करिडोर (मार्ग) परियोजनाका कारण बनारसमा रहेका ऐतिहासिक नेपाली सम्पदा जोखिममा परेका छन् ।

ठूल्ठूला मेसिन जथाभावी चलाइँदा गंगा नदीको ललिताघाटस्थित साम्राज्येश्वर पशुपतिनाथ मन्दिर, धर्मशाला र वृद्धाश्रमलगायतका सम्पदामा क्षति पुगेको छ ।

भारत सरकारले सन् २०१८ देखि काशी विश्वनाथ मन्दिरदेखि गंगा नदीसम्मको करिब सात मिटर क्षेत्रमा करिडोर निर्माण गरिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त परियोजनाको लागत करिब ६ सय करोड भारु रहेको छ ।

आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने भएकाले मोदीले यस परियोजनाप्रति विशेष चासो राख्ने गरेका छन् । करिडोर निर्माणका लागि करिब तीनसय पुराना घर भत्काइँदैछ । त्यही क्रममा नेपाली सम्पदामा पनि क्षति पुगको हो ।

-कान्तिपुर दैनिक

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)