nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मुक्तिनाथ उप्रेतीको अर्को प्रस्तुति-हेटौडा दामन हुँदै पालुङ जाने (हेर्नुहोस् भिडियो सहति)

गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीत रिलिज भएको छ । 'हेटौडा दामन हुदै पालुङ जाने हो' बोलको गीत चर्चित युट्युव च्यानल गोर्खा चौतारी म्युजिक प्रा.लि. मार्फत शुक्रबार सार्वजनिक गरेको हो । लोक दोहोरी गाएर नै सांगेतिक यात्रामा चर्चा कमाएको उप्रेतीको यो अर्को गीत हो । धर्मराज सुबेदीको प्रस्तुतिमा मुक्तिनाथ उप्रेती र कल्पना ढुंगानाको स्वर रहेको उक्त गीतमा मनोज कुमार आचार्यको शब्द र धर्नराजकै लय रहेको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकार चन्द्र लामा, संगी तामाङ, राजेश बि. क र गिता बुढाथोकीको अभिनय रहेको छ । उक्त भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन ।

"टिष्टुङ पालुङ गाउँ" बोलको गीतबाट सांगेतिक यात्रा सुरु गरेका थाहा नगरपालिका वडा नं ६ निवासी स्थानिय गायक मुक्तिनाथ उप्रेतीले 'झ्याई पारौं यसपाली', 'जवानी चढ्यो झन चन्चल भयो मन', 'सारै राम्री रुपकी धनी' र "गोरी हे गोरी" गाएर निक्कै नै चर्चा कमाइसकेका छन् । उनको "मायाको बिज्ञापन" पनि आउने तयारीमा रहेको छ । थाहा नगरपालिका वडा नं ६ बज्रबाराही अैलाखमा जन्मिएका उप्रेतीले सांगेतिक यात्रालाई अङ्गाल्दै टिष्टुङ पालुङ (थाहा नगर) लाई नै आफ्नो कर्मथलो बनाएका हुन ।

उनको हालसम्म १० वटा गीत रेकर्ड भैसकेको छ भने केहि गीत भिडियोहरु बजारमा आउन बाँकी छ्न । उनले २ वटा फिल्ममा संगीत र स्वर दिएका छन भने त्यो आउन बाँकी नै रहेको छ । उनले कोमल वली संग गीत गाएर पनी आफ्नो सांगेतिक यात्रालाई थप सफल बनाएका छन ।

हेर्नुहोस् भिडियो 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)