nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मान्छे नियम, बिधि र शासनमा रहन खेल आवश्यक: मोक्तान

जव एउटा मान्छे खेलकुदमा लाग्दछ तब मान्छे एउटा नियम, बिधि र शासनमा रहने प्रदेश नं ३ का प्रदेश सभा सदस्य माननीय कुमारी मुक्तानले बताए । इन्द्रसरोवर गाउँपालिकाको संचालित डोजो उद्घाटन तथा बेल्ट प्रमोसन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी माननीय कुमारी मोक्तानले खेलकुदले मान्छेमा छाडा तन्त्रको सिर्जना नहुने भन्दै यस्तो बताएकी हुन् ।

उनले खेलकुदको लागी ठुप्रै फाइलहरु बोकेर मन्त्रालय सम्म जानु नपर्ने र स्थानीय तहबाट नै खेलकुदको कार्यक्रम गर्न सकिने भएकाले युवाहरुलाई खेलकुदको बिकासको आगि सुझाव दिन समेत अनुरोध गरे ।

इन्द्रसरोवर सो क्योकुशिन कराँते सघंका अध्यक्ष रत्न थापा मगरको सभाध्यक्षतामा संचालित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले इन्द्रसरोवरको खेलकुदको क्षेत्रमा बिकास गर्नको लागी गाउँपालिकाले गर्न सक्ने सहयोग गर्ने बताए । इन्द्रसरोवर गाउँपालिका सो क्योकुशिन कराँते सघको आयोजना र इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा संचालित कार्यक्रममा इन्द्रसरोवर गाउँलालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा कुमारी लामा, इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धनराज महर्जन, वडा नं ३ का वडाध्यक्ष चिरञ्जीवी पौडेल, वडा नं २ का वडाध्यक्ष राजुमान महर्जन, सो क्योकुशिन कराँते संघका केन्द्रीय पदाधिकारीहरु, पत्रकार, जनप्रतिनिधिहरु लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

इन्द्रसरोवर गाउँपालिका वडा नं २ कुलेखानी हेबिको फुटबल चौरमा सन्चालिन कार्यक्रम मार्फत मायाको चिनो वितरण, आर्थिक सहयोग गर्नेहरुलाई सम्मान पत्र वितरण, डोजो प्रदर्शनका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।