nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मलेखुमा साँढे छ लाखको एउटै माछा

माछाको तौल र मूल्य कति हुन्छ भन्ने एकिन छैन । सामान्यतया मूल्य किनबेच गर्ने विचको सहमतिमा टुङ्गो लाग्छ । कुरा रहयो तौलको । माछाको प्रजाति र उमेर अनुसार तौल हुन्छ । हामीले सुनेको सवै भन्दा ठुलो माछा ह्वयल माछा हो । मलेखमा भएको साँढे छ लाखको माछा न मलेखु खोलाको हो, न त्रिशुलीको हो, न कुनै पाखरीमा पालिएको माछा हो, न भारतबाट आयत गरिएको माछा हो । हो त ललितपुरका कालीगढ बाबुराजा महर्जजन र उनका छोरा अनिशको कलाकौशलबाट निर्मत निर्जिव ढलौटको माछा हो । मलेखुमा छविलाल मरहठ्ठाले २०३५ सालबाट माछाको व्यावसाय शुरु गेरर मलेखुलाई माछा बजारका रुपमा परिचित गराएको जिवित इतिहासलाई सम्मान र पर्यटकलाई आर्कषण गरी व्यावसाय प्रर्वद्धन गर्न निर्मित माछाको प्रतिमा हो ।

मरहठ्ठाले मलेखुमा आधा केजी माछा र १ केजी आलुको चप पाकाएर बेच्न शुरु गर्दा सडकमा आठ वटा गाडी चल्थ्यो । अहिले मलेखुको माछाका रुपमा पहिचान बनाएको छ । एक दिन एक जना चेपाङले त्रिशुली नदीमा जालमा पारेको माछा बेच्न ल्यायो । त्यही माछा तारेर बेच्न शुरु गरे । पहिलो दिनमै आधा केजी माछा विक्यो । भोलीपल्टबाट चेपाङलाई आग्रह गरेर माछा मार्न पठाउन मरहठ्ठाले सुनाए । आज माछाको परिकार बनाएर बेच्ने व्यावसाय एक सय भन्दा बढी होटल सञ्चालनमा छन् । पाँच सयको हाराहारीमा प्रत्यक्ष रोजगारी मिलेको छ । दैनिक एक हजार पाँच सय केजी माछा आलो, सुकाएको र परिकार बनाएर विक्री हुने अनुमान गरिएको छ । त्यतीवेला मैले ५० पैसा प्रतिगोटा बेचेको चप र ५ रुपयाँ प्रति प्लेट वेचेको माछा अहिले चप प्रतिगोटा १५ रुपयाँ र माछा प्रतिप्लेट १ सय ८० रुपयाँ विक्री हुनछ ।

माछाका पारखीहरुले त मलेको चिनिसकेका छ । मलेखु नचिनेकाहरु चिनाउन र माछा र मलेखु सम्वन्ध तथा महत्व दर्शाउन माछा मिठो मलेखुको पानी त्रिशुलीको बोलको गीत उमा श्रेष्ठले गाएकी छिन् । मलेखुमा पुल हितकारी मायालाई सम्झिदाँ सयपत्रि फूल बोलको गीत शिला आले र धमेश दुलालले गाएकाछन् । यसगरी मलेखुकै कलाकार भरत बराकोटीले रचना गरेको मलेखु तिम्रो नाम यो दिलमा लेखु कि नलेखु बोलको गीत विरु लामा र सम्झना भण्डारीले गाएकाछन् ।

माछा बजारको रुपममा पहिचान बनाएको मलेखु बजारको गरिमालाई अझ जिवित राखि व्यावसाय प्रर्वद्धन गरी आन्तरिक पर्यटनलाई आर्कष गर्न गजुरी गाँउपालिकाले एघार लाख उपलव्ध गराए छ । शनिवार विहान माछाको प्रतिमा अनावर गर्ने माछाको प्रतिमा निमार्ण समितिका सचिव भरत बराकोटीले बताए ।

-कारोबारअनलाइनबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)