Tuesday, 8th September, 2026
वि.स.

मकवानपुर ३ नंबर क्षेत्रको छनौट १४ माघबाट हुने

मकवानपुर जिल्लाको सातौ राष्ट्रपति रनिङशिल्ड अन्तर विद्यालय खेलकुदको ३ नं क्षेत्रीय छनौट प्रतियोगिता १४ माघबाट सुरु हुँदैछ । प्रतियोगितको लागि सवै तयारी पुरा भएको खेलकुद विकास समितिले जनाएको छ ।

हुप्रचौरमा आयोजना हुने छनौट खेलमा भलिवल, कब्बडी र एथलेटिक्सका विभिन्न विधाका खेलहरु हुने छन् । प्रतियोगितामा सहभागिताका लागि विहिबारसम्म २१ वटा विद्यालयले नाम दर्ता गराई सकेका छन भने अरु १४ माघमा थपिने समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०