nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा मोटरसाइकल चोर्ने तीन जना पक्राउ

Bike-1615425896.jpg

मकवानपुर प्रहरीले मोटरसाईकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नं.४ बस्ने २९ वर्षीय प्रेम राई, राक्सिराङ गाउँपालिका वडा नं. ३ बस्ने २१ वर्षीय प्रकाश थिङ र चितवन भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने २१ वर्षीय विजय बोहरा रहेका छन् ।

प्रहरीका अनुसार राई र थिङले फागुन २४ गते हेटौडा उपमहानगरपालिका वडा नं.१८ बस्ने २९ वर्यीय जगदिश ढुङ्गानाको बा ८० प ५०४५ नं.को पल्सर मोटरसाईकल ४ हुप्राचौरस्थित सडक छेउमा पार्कीङ गरी राखेको ठाउँबाट गेरेका थिए ।

उनीहरुलाई मोटरसाइकल चोरी भएको पाँचै मिनेटमा मोटरसाइकल सहित हेटौंडा–४ हुप्राचौरस्थित सडकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यस्तै फाुगन २३ गते मनहरी गाउँपालिका वडा नं. ९ बस्ने २५ वर्षीय सरोज कुमार श्रेष्ठको ना ४८ प २५७५ नं.को पल्सर मोटरसाईकल हेटौंडा–२चौकिटोल स्थित सडक छेउमा पार्किङ गरी राखेको ठाउँबाट चोरी भएको थियो ।

खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलिले फागुन २५ गते भरतपुर महानगरपालिक– ११ बाट मोटरसाइलक सहित बोहरालाई पक्राउ गरी हेटौंडा ल्याइएको प्रवक्ता रिमाले जानकारी दिए ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रवक्ता रिजालले बताए । हिजो मात्रै मकवानपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक जनालाई चोरीको मोटरसाइकलसहित सार्वजनिक गरेको थियो ।

-प्रहरखवरबाट ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)