Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा भरुवा बन्दुक सहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २७ वैशाखमा भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । पुर्वी मकवानपुरको बकैया स्थित हात्तिसुडे प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका वडा नंबर ७ मामदमार जम्बुखोला बस्ने बर्ष ४५ को लाल बहादुर कामीको घरमा बिभिन्न किसिमको बन्दुक र कटुवाहरु बनाउदै गरेको भन्ने बिशेष सुचनाको आधारमा निजको घरमा गई चेकजाँच गर्दा भरुवा बन्दुक बनाउदै गरेको अवस्थामा पक्राउ गरेको हो । अनुसारको उपकरण तथा फलामका टुक्राहरु समेत नियन्त्रणमा लिई हातहतियार तथा खरखजना ऐन २०१९ बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरकाप्रहरी प्रवक्ता दिलिपराज झाले बताए । उनको घरबाट प्रहरीले भरुवा बन्दुग बनाउन प्रयोग हुने विभिन्न सामग्री समेत बरामद गरेको छ ।


https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif