nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा भरुवा बन्दुक सहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २७ वैशाखमा भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । पुर्वी मकवानपुरको बकैया स्थित हात्तिसुडे प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका वडा नंबर ७ मामदमार जम्बुखोला बस्ने बर्ष ४५ को लाल बहादुर कामीको घरमा बिभिन्न किसिमको बन्दुक र कटुवाहरु बनाउदै गरेको भन्ने बिशेष सुचनाको आधारमा निजको घरमा गई चेकजाँच गर्दा भरुवा बन्दुक बनाउदै गरेको अवस्थामा पक्राउ गरेको हो । अनुसारको उपकरण तथा फलामका टुक्राहरु समेत नियन्त्रणमा लिई हातहतियार तथा खरखजना ऐन २०१९ बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरकाप्रहरी प्रवक्ता दिलिपराज झाले बताए । उनको घरबाट प्रहरीले भरुवा बन्दुग बनाउन प्रयोग हुने विभिन्न सामग्री समेत बरामद गरेको छ ।


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)