nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मंगलबार ‘कुन साबुनले मुख धोइछौ’ का गायक आउँदै

लोकगायक प्रजापति पराजुली तेस्रो मनहरी महोत्सव २०७३ दोस्रो दिन सोमबारसम्ममा १ करोड रुपियाँको कारोबार भएको छ । यहाँ राखिएका अटो, होटल, पोशाक तथा अन्य स्टलहरुमा भएको कारोबारको परिमाण एककरोड पुगेको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक गोविन्द रिजालले बताए । उत्साहजनक रुपमा मेलामा सहभागीहरु बढ्दो क्रममा रहेको उनले जनाए । 

महोत्सवबाट सोनालिका कम्पनीको २ र इन्डोफार्म कम्पनीका एउटा ट्रेक्टर बिक्री भइसकेको छ । त्यसैगरी बाल उद्यान लगायत स्टलहरुमा समेत अवलोकनकर्ताको उल्लेख्य भीड देखिएको छ ।  

सोमबार राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोकगायक नवीन पौडेल र टंक बुढाथोकीले प्रस्तुति दिएका थिए । पौडेलले पश्चिमी कौरा गीतमा दर्शकलाई झुमाएका थिए । त्यसैगरी नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ महोत्सवमा बोटिङ गर्दै पारखीहरुलगायतले पनि सोमबार गीत गाएका थिए भने आस्था कला केन्द्रका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । चेपाङ भाषाको मारु सरर बोलको गीतमा पवनकुमार चेपाङले नृत्य गरेका थिए । 

मंगलबार महोत्सवमा लोकगायक प्रजापति पराजुली आउने भएका छन् । ‘झन् झन् राम्री भइछौँ, कुन साबुनले मुख धोइछौ ?’ बोलको चर्चित गीत गाएका उनी नेपाली लोकसंगीतमा ब्राण्डेड गायकको रुपमा प्रख्यात छन् । त्यसैगरी सुनिल पण्डितसहित नेपाल लोक तथा दोहोरी प्रतिष्ठान चितवन शाखाको प्रस्तुति मंगलबार रहने आयोजकले जनाएको छ । माघ १६ गतेदेखि सुचारु भएको महोत्सवमा २ वटा स्टल रहेका छन् । २ लाख जनाले अबलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा ५ करोड कारोबार हुने लक्ष्य राखिएको छ । कृषि, अटो, बाल उद्यान, पोशाक, होटल लगायतका स्टलहरु महोत्सवमा रहेका छन् । 
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com