Monday, 10th February, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

भिमफेदी गाइजको रोमान्टिक डान्समा अमिरको 'माया भन्ने कुरा' गित ( हेर्नुहोस भिडियो सहित)

गायक अमिर भोम्जनको नयाँ गित सार्वजनिक भएको छ । भिमफेदी गाइजको रोमान्टिक डान्सको भिडियोमा आएको  गित उनको अहिले सम्मकै पहिलो रोमान्टिक गीत हो । दिनेश थपलियाको शब्द सिर्जना र बसन्त सापकोटाको संगीत रहेको उक्त गीतमा अमिर भोम्जनले स्वर दिएको छ । 'माया भन्ने कुरा' अमिरको आफ्नै युट्युब च्यानल 'अमिर भोम्जन' मा राखिएको छ ।

'आमा' गीतबाट आफ्नो संगीतको यात्रा सुरु गरेको अमिरको 'हारेको छैन मन' बोलको गीत पनि युट्युवमा सार्वजनिक भैसकेको छ । उनको 'दैवले मलाई' , 'मलाई निन्द्रामा जिस्काउछ' , 'घुम्न आउँदा आउँदै' र 'मेरो दुखमा साथ दिने' , बोलको गीत छिट्टै नै आउने भोम्जनले बताए ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं २ खानीगाउँमा वि. सं. २०५६ फागुन २५ गते जन्मिएको अमिर जन्मजात नै शारीरिक रुपमा अशक्त भए पनि आफ्नो परिवारको साथ र सहयोगमा चित्रकला, साहित्य र संगीतको यात्रालाई अघि बढाइरहेको छ । 

हेर्नुहोस भिडियो:



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।