nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आईतबार थाहा नगरका निजी बिद्यालयहरु बन्द

School-Software-1612629473.jpg

उत्तरी मकवानपुरमा शनिवार परेको असिना पानी सँगै चिसो बढेपछि प्याब्सनले थाहानगरमा आईतबार पठन पाठन बन्द गरेकाे छ । 

पानी परेपछि अप्रत्यासित चिसो बढेकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै आवत जावत र पठन पाठनमा समस्या हुने भएकाले आईतबार एक दिन प्याब्सन अन्तर्गतका  सम्पुर्ण संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) का थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए। 
May be an image of text that says 'प्याब्सन थाहानगर कमिटीको सूचना। सम्पुर्ण अभिभावक ज्युहरु सन्थागत बिद्यालयहरु उपरोक्त सम्बन्धमा मिति २०७७ माघ २४ गते थाहानगरको विभिन्न स्थानहरुमा भएको हिमपातका कारण वातावरण चिसो भएको छ यो प्रतिकुल मौसममा साना वालवालिकाहरुको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्नेर चिसोले पठनपाठन कार्यमा समेत प्रभाव पार्ने सम्भावनालाई मध्यनजर गर्दे मिति २०७७ साल माघ २५ गते आइतबार १ (एक) दिन सन्थागत विद्यालयहरुको पठनपाठन कार्य बन्द गर्ने आकस्मिक निर्णय गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ यो बिदालाइ अन्य बिदाबाट मिलान गरिने व्यहोरा अनुरोध छ सुरेन्द्रमान प्रधान (अध्यक्ष) सड़्नम कार्की (सचिव) निजी तथा आवाशीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) थाहानगर कमिटी'



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)