nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भर्ना बिषेश अभियानका लागि भेला

IMG_20180718_134301-1531995672.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका विद्यार्थी भर्ना बिषेश अभियान २०७५ अन्तर्गत  दोस्रो चरणको कार्ययोजना कार्यान्वयन भेला सम्पन्न भएको छ । “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता सिकाईको स्थायित्व” भन्ने मुल नाराको साथमा थाहा नगरकार्यपालिकाको कार्यालयमा कार्ययोजना कार्यान्वयन भेला सञ्चालन भएको हो । थाहा नगरपालिकाका नगर प्रमुख लबशेर बिष्टको  प्रमुख अध्यक्षतामा सञ्चालित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख कृष्ण प्रसाद घिमिरेले  समन्वय, सहकार्य र सहजीकरण गरेका थिए ।


नेपालको संबिधान २०७२ ले प्रत्याभूत गरेको अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको अधिकार कार्यान्वयनका लागि विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समुह (५–१२) का सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना भएको सुनिश्चितता गर्ने मुल उदेश्यका साथ मकवानपुर जिल्लाभर सञ्चालन भै रहेको विद्यार्थी भर्ना बिषेश अभियान २०७५ ले यहि भाद्र ३१ गते मकवानपुर जिल्लालाई नै विद्यालय जाने उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर नरहेको घोषणा गर्ने कार्ययोजना रहेको छ । साही अनुरुप नै थाहा नगरपालिकामा पनि विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्याङ्क पत्ता लगाई ति बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान मार्फत विद्यालय सम्म पुर्याउने प्रयत्नका लागि बुधबार थाहामा भेला भएको हो ।


भेलामा थाहा नगरपालिका भित्र रहेका समाजसेवी, बुद्धिजिवी, राजनीतिक दल, शिक्षक, जनप्रतिनिधि, पत्रकार, संघसंस्थाका प्रमुखहरुको सहभागितामा विद्यार्थी भर्ना बिषेश अभियान २०७५ का लागि बिशेष छलफल भएको छ । भेलाले विद्यार्थी भर्ना बिषेश अभियान २०७५ दास्रो चरणको लागि थाहा नगरपालिकाका नगर उप प्रमुख खड्ग गोपालीको संयोजकत्वमा १५ सदस्यिय कार्यदल गठनका साथै थाहा नगरपालिकाका प्रत्येक वडामा वडा कार्यदल गठनको लागि जिम्मेवारी बाँडफाँड समेत गरेका छन् ।
थाहा नगरका १२ वटै वडामा वडा कार्यदल गठन कार्य यहि साउन ४ गते भित्रमा सम्पन्न गरी ५ गते बैठक बस्ने गरी बुधकारको भेला सम्पन्न भएको छ ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

IMG_20180718_134301-1531995679.jpg