nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बुद्ध लामा बने नेपाल आइडल

Budda-lama-1506128563.jpg

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । ६ असोजमा कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएकाे खबर अनलाइनखबरले प्रकाशन गरेको छ ।

उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने ।

निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख मत आएको थियो । अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।

को हुन् बुद्ध ?

२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुर्ख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो ।

बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनका बुबा आमाको स्वर पनि राम्रो छ । उनीहरु गाउँमा गीत गाउनेको नाममा चिनिन्छन् ।

आफ्नो बिद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै उनले सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा होस्टे गरिरहृयो । उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन ।

दिदी भिनाजुको मार्गदर्शनमा उनले त्रिवेणी संगीतालयमा संगीत सिक्न थाले । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन-२०११’मा चौथो भए ।

चार वर्षअघि उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भयो ।

गएको वर्ष पोखराको महेन्द्र माविबाट एसईई परीक्षा उत्तिर्ण गरेका उनले त्यसपछि टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । साथै पोखराकै गुरुकुल संगीतालयमा संगीत सिकिरहेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)